२०७८ माघ १४ शुक्रबार

ब्रेकिङ : ज्ञानेन्द्र शाहिले स्टाटस लेखेको २४ घण्टामै सुरु भयो जुम्लाको स्याउ निर्यात ।

काठमाडौ : हाम्रो नेपाल हामी नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले जुम्ला स्याउ उत्पादनको केन्द्र भएर पनि बजार नपाउँदा समस्यामा रहेको कुरा दुई दिन अघि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।

उनले स्टाटस मार्फत स्याउ किसानको समस्या सार्वजनिक गरेको २४ घण्टा पछि सरकारले जुम्लाका स्याउ बाहिरी जिल्लामा निर्यात गर्ने ब्यबस्था मिलाएको हो । जुम्लाका स्याउ किसानको लागी सरकारले ढुवानी एक क्वि’न्टल बराबर ५०० रुपैयाँ खर्चको ब्यबस्थापन गर्न सक्दैन तर विभिन्न बाहानामा लु’ट्न

सक्छन जस्तै , एक बर्षमा जुम्लामा १ अर्ब ३१ करोड रुपैया फ्रीज,२३करोड ३२ लाख ४१ हजार र प्रदेशमा १ अर्ब ३१ करोड १५ लाखको बेरुजु गरेर लुटन सक्छन अझै पाटिका कार्यकर्ता जिन्दावाद र मुर्दाबाद भन्दै र यहि लेखमा पनि कमेन्ट लेख्न आईपुग्छन किनकि यसरी नै स्थानीय ,कर्णाली प्रदेश सरकारको लु’टेको रकमबाट यनिहरुको दानापानी चल्छ ।

भारत र चिनबाट खपत हुने ८० प्रतिशत स्याउको बजार स्वदेशी स्याउले लिन सक्छन र मुलुक आर्थिक उन्नति र आत्म’निर्भरमा टेवा पुग्न सक्छ तर तीन तहको सरकार छ हरेक भाषणमा कुरा चाहिँ किसान को गर्छन र लुट्छन ।

जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ ।किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए ।

जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ ।कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो । कृषि’फर्म सञ्चालन गरेका तथा स्याउ बगैँचा भएका किसानले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिस लिनुपर्ने प्रावधान छ ।

स्याउको पहिचान बचाउन लोगो टाँसिएको का’र्टुन व्यापारीलाई उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनि’कीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन एकाइले जनाएको छ ।

स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म दुई हजार टनभन्दा बढी बाहिरी जिल्लामा निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । यहाँ उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइएको छ यी मध्ये ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको कार्यालयले जनाएको छ ।

स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार आठ सयव कार्टुन वितरण गरिएको छ । स्याउ सुपोरजन कार्यालयले १० हजार आठ सय र कृषि विकास कार्यालयले २१ हजार वितरण गरेको हो ।स्याउ जिल्लाबाहिर निर्यात गर्न सहज होस् भनी ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराइएको हो ।

कार्यालयमा पाँच सय १६ उद्योगी, कृषिफर्म तथा सहकारी कृषक समूह सूचीकृत छन् ।जिल्लामा १५ हजार स्याउ बगैँचा भएको तथ्याङ्क छ । जिल्लाको कूल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैँचा स्थापना रहेको कार्यालयले जनाएको छ ।

जिल्लाको तीन हजार आठ सय हेक्टरमा स्याउ खेती हुन्छ ।यस वर्ष व्यापारीले बगैँचामा नै पुगेर प्रतिकिलो रु ५० देखि ६० मा स्याउ खरिद गर्दै आएका छन् । गत वर्ष करिब रु १२ करोड बराबरको स्याउ बिक्री भएको थियो ।-यो समाचार नेपाल पुकार बाट साभार गरिएको हो ।

२०७८ भाद्र १६, बुधबार ११:२५ गते 1 Minute 302 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार