२०७८ माघ १४ शुक्रबार

ज्ञानेन्द्र शाही भन्नुहुन्छ : नराम्रो कामको अन्त्य हुन जरुरी छ ।

काठमाडौ : हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीले नराम्रो कामको अन्त्य हुन जरुरी भएको बताएका छन् । एपी वान एचडीले एमसीसीको प्रचार प्रसार गर्दै

विज्ञापन प्रसारण गरेपछि यसका वि’रुद्ध आवाज उठाइएको थियो । एपी वान एचडीले विज्ञापन प्रसारण नगर्ने भनेपछि शाहीले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्, ‘

धन्यवाद मुलुकप्रति गद्दारी हुने कामको प्रचार प्रसार बन्द गरेकोमा । दबाव दिने काममा खटिनु भएका सम्पूर्ण राष्ट्र’भक्ति युवाहरुलाई सलाम ।’ एपी वान एचडीले लेखेको छ, ‘निजी टेलिभिजनको पालना गर्नुपर्ने सबै नियम काकूनभित्र रहेर
प्रसारण गरिएको भएपनि उल्लेख्य संख्याका दर्शक तथा

शुभचिन्तकले असहमति जनाउनु भएका कारण सार्वजनिक दायित्व पालना गरिआएको जिम्मेवार संस्थाको रुपमा एपी वान व्यवस्थापनले उक्त विज्ञापन अब उपरान्त प्रसारण

,नगर्ने निर्णय गरेको छ ।’ एमसीसी देशभर एक विवादको विषय बनेको छ । एमसीसी खारेजीको माग गर्दै सामाजिक अभियानता, विद्यार्थी संगठनहरु वि’रोध गरिरहेका छन् ।

२०७८ भाद्र १६, बुधबार ११:४९ गते 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार