२०७८ माघ ९ आईतवार

गोठमा मृ’त्यु कु’रेकी उमा – आँखा देख्दिनन्, खुट्टा चल्दैनन् !

गुल्मी : गुल्मीको इस्मा गाउँपालिका- ४ दोहली न्वालाकी उमा घर्तीले बा’हिरी संसार नदेखेको ७ वर्ष भयो । अहिले गोठको छेउमा पशुसरह प’ल्टिएकी छन् उनी । पी’डाले आँखाबाट आँसु ख’स्छ । तर, आफ्नै अवस्था देख्न सक्दिनन् ।

केही समय पहिलेसम्म दुवै आँखा नदेख्दा पनि ल’ट्ठीको भरमा हिँडडुल गर्थिन् । छ महिनादेखि कम्मरदेखि तलको भाग पनि चल्दैन । अहिले हर फर्किन पनि अरूको आवश्यकता पर्छ । उनका ८ र १३ वर्षका छोरा र छोरी छन् । रो’गले चा’पेपछि श्रीमान् बिनबहादुर घ’र्तीले पनि हेर्न छाडे ।

दृष्टि गु’मेसँगै खुट्टा पनि नचल्ने भए ।उमा बि’स्तरामा दि’सापि’साबसँग ल’डिरहेकी छन् । उनले दुवै आँखा गु’मेदेखि उप’चार गर्न, मिठो-मसिनो खान र आ’रामको कुराको त कल्पना पनि गरेकी थिइनन्, त्यसैमाथि थपिएको अर्को रो’गले दि’सापि’साब बिस्तरामै गर्ने अवस्था आयो ।

उनले केही महिनादेखि कल्यारस्थित दिदी सिरकला गुरुङको घरमा मृ’त्युका दिन कु’रिरहेकी छन् ।८ वर्षीय छोरा अनिल बोल्ने सहारा मात्र छन् । दैनिक आमाको पी’डा हेरेर निरीह बनेका छन् उनी ।

तर, उनीसँग कुनै उपाय छैन । आमाको शरीर दैनिक ख’स्किएको छ । अनिलसँग आमाको मृ’त्युको साक्षी बन्नुबाहेक अरू उपाय छैन । सिरकला पनि एकल बि’पन्न महिला हुन् । काम नगरे आफैँले कसरी खाने भन्ने सिरकलालाई चि’न्ता छ ।

त्यससँगै बहिनीको स्या’हार र उपचारको दायित्व पनि ।‘सबले आफूले सक्ने बेलासम्म हेर्ने रहेछन् । छोरीले डो’हो¥र्‍याएर मेरोमा ल्याएर छाडी’, उनले भनिन, ‘मैले सकेको गरिरहेकी छु ।’सिरकलाले केही ऋ’ण खोजेर गुल्मी अस्पताल पु¥र्‍याएकी हुन् उमलाई ।

डाक्टरले थप उपचारका लागि पाल्पा पठाए । तर, उपचारका लागि पैसा नभएकाले घर लिएर आएको गुरुङले दु’खेसो पोखिन् । बिस्तराको दि’सापिसाबले उमाको ढाड कुहिएको छ । उपचार र सरसफाइको अ’भावमा ढा’डमा प्वाल पर्दै जान थालेपछि सहयोगको या’चना सुरु गरिएको छिमेकी कमल गुरुङले बताए ।

उमालाई आफू बाँच्ने भन्दा छोराछोरी अलपत्र पर्नेमा चिन्ता छ ।‘शरीर कुहिएर सकिन लाग्यो । म त बाँच्दिनँ, छोराछोरी अल’पत्र पर्ने भए’, उनले भनिन्, ‘मलाई मभन्दा उनीहरूको पिरलो छ ।’स्थानीय सरकारले पनि उमालाई हे’र्नेबाहेक अरू केही गर्न सकेको छैन ।

गाउँपालिकाको कार्यविधिअनुसार यातयात खर्चबापत पाँच हजार र सरकारले तोकेका आठ’वटा रो’गका लागि एक लाख रुपैयाँ छुटको सिफारिस दिनेबाहेकको विकल्प नभएको इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले बताए । बिष्टले उपचारका लागि सकेका उपायहरू आफुहरूले पनि निकाल्ने भन्दै सहयोग गर्न सबैलाई आग्रह पनि गरे । -न्युज कारखाना

२०७८ भाद्र १६, बुधबार १५:५७ गते 1 Minute 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार