२०७८ माघ ११ मंगलवार

भुईँमा ख’स्दै गरेकी गर्भ’वती बिरालीको ज्या’न बचाउने युवाले पाए २ लाख दिराम पुरस्कार !

दुबई : यूएईको दुबईस्थित एउटा घरको दोस्रो तल्लाको बाल्कोनीबाट भुईँमा ख’स्दै गरेकी एक ग’र्भवती बिरालीको ज्या’न ब’चाएर भाइरल भएका चारजना व्यक्तिले आकर्षक नगद पुरस्कार प्राप्त गरेका छन् ।

यूएईका उपराष्ट्रपति र प्रधान मन्त्री एवं दुबईका प्रशासक शिख मोहम्मद विन रशिद अल–मक्तौमले ती चार जना पुरुषलाई ‘अतुलनीय नायक’ भनेर प्रशंसा गरेका हुन्। बिरालीको जीवन बचा’उने द्रु’त सोंचको लागि ती युवाहरुलाई ५० हजार दिरामका दरले पुरस्कार दिइएको छ।

दुबईका प्रशासकको कार्यालयका एक अधिकारीले उनीहरुलाई भेटेर सो इनाम हस्तान्तरण गरेका हुन् । त्यसरी इनाम पाउनेमा असरफ नाम गरेका चौकी दारी गर्ने एक मोरक्को नागरिक, आतिफ मेहमुद नाम गरेका एक पाकिस्तानी बिक्रेता, सडक र यातायात प्राधि’करणमा चालकको रुपमा काम गर्ने नासिर नाम गरेका एक भारतीय र उक्त भिडियो खिचेका मोहम्मद रसिद रहेका छन्।

ती अधिकारीले उनीहरुलाई नगद रकम सहितको खाम हस्तान्तरण गरेका थिए। विभिन्न राष्ट्रियता र पृष्ठभूमि भएका ती पुरुषहरुले सो घ’टना भन्दा पूर्व एक अर्कालाई चिन्दैनथे ।

‘हामी त्यतिबेलै बिरालीलाई बचाउने क्रममा एक्का’सी सँगै भयौं,’ आतिफले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्। भाइरल भएको सो भिडियोमा एउटा बिराली बाल्कोनीबाट ख’स्तै गरेको देख्न सकिन्छ।

सो दृष्यसँगै तीन जनाको एउटा समूहले त’लपट्टीबाट एउटा तन्ना फिं’जाएर उभिइहाल्छन। त्यसलगत्तै बिराली त्यही तन्नामा ख’सेर आफ्नो जीवन बचा’उन पुग्छिन्, र त्यसपछि ती मानिसले उक्त बिरालीलाई थ’म्थमाउंछन् र बिराली सुरक्षित
साथ टाढा जान्छिन्।

दुबई का प्रशासक शिख मोहम्मदले बिरालीको ज्या’न बचा’उने ती व्यक्तिहरुलाई धन्यवाद दिनको लागि पहिचान गर्न सर्वसाधारणलाई आग्रह गर्दै सो भिडियो ट्वि’टरमा सार्वजनिक समेत गरेका थिए।

२०७८ भाद्र १६, बुधबार १७:३० गते 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार