२०७८ माघ ९ आईतवार

वैदेशिक रोजगारीमा गएका व्यक्ति सम्पर्कविहीन !

काठमाडौँ : वैदेशिक रोजगारमा गएका यहाँका एक व्यक्ति विगत पाँच वर्षदेखि परिवारसँग सम्पर्कवि’हीन अवस्थामा छन् । कमला नगरपालिका– ७ सिङ्ग्याही मडान बस्ने दुखि

मण्डल विगत पाँच वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुनुहुन्छ । उहाँ सम्पर्कवि’हीन भएपछि परिवार चिन्तामा छ । आठ वर्ष पहिले मण्डल वैदेशिक रोजगारमा जानुभएको थियो । दुई/तीन वर्षसम्म फोनमा कुराकानी हुने र पैसा पठाउने गरे पनि पाँच

वर्षदेखि सम्पर्कवि’हीन भएको श्रीमती विनितादेवी मण्डलले बताउनुभयो । आर्थिक अवस्थामा सुधार ल्याउन, छोराछोरीको भविष्य उज्ज्वल पार्ने सपना बुन्दै श्रीमान्लाई विदेश पठाएकी विनिता यति बेला श्रीमान् हराएपछि निकै चिन्तामा हुनुहुन्छ । विनिताले भन्नुभयो ।

“श्रीमान्लाई साउदी अरबबाट कमाएर पठाएको पैसाले ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने र खुसीयाली साथ जीवनयापन गर्ने सोचेका थिए, सुरु–सुरुमा सबै राम्रो नै थियो ।”

विनिताले थाहा पाएसम्म उहाँका श्रीमान् ऊट र बाख्राको रेखदेखको काममा जानुभएको थियो । उहाँसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताउनुभयो । अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिनुभयो । -रासस

२०७८ भाद्र १६, बुधबार १७:४० गते 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार