२०७८ माघ १० सोमबार

बधाई ! वर्षाले सिवाकोटी किनिन् साढे २ करोडमा अपार्टमेन्ट ।

काठमाडौ : नेपाली चलचित्रका कलाकारहरुको जीवनशैली फेरिदो छ । महंगा गाडी र अपार्टमेन्ट खरिद गर्दै कलाकारहरु आनन्दको जीवन विताउन चाहन्छन् ।

केही हप्ता अगाडि मात्र गायक प्रकाश सपुत, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार जितु नेपालले महंगो रककमा कार खरिद गरेका थिए ।.अब, नायिका वर्षा सिवाकोटीले महंगो रकममा अपार्टमेन्ट खरिद गरेकी छिन् ।

वर्षाले दिएको जानकारी अनुसार, हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट उनले खरिद गरेकी हुन् । वर्षाका अनुसार, अपार्टमेन्टको मुल्य साढे २ करोड परेको छ । उनले भनिन्– ‘आमाको सहयोगमा मैले यो अपार्टमेन्ट खरिद गरेकी हुँ ।

अब, यो अपार्टमेन्टमा ममी र म बस्छौं ।’वर्षाले आजै पूजा गरेर अपार्टमेन्टको बसाई सुरु गरेको समेत जानकारी दिइन् । सितापाइलामा संयुक्त परिवारमा रहँदै आएकी वर्षा विगत एक बर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन् ।

अब भने आफू र ममी मात्र अपार्टमेन्टमा रहने उनको भनाई छ । वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिदको प्रक्रिया अगाडि बढाएकी थिइन् ।

वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन् ।वर्षाले अभिनय गरेका ‘परदेशी २, मन देखि मनसम्म, ए साथी सुन’ लगायतका चलचित्र रिलिजका क्रममा छन् । वर्षा म्युजिक भिडियोमा पनि व्यस्त छिन् ।

२०७८ भाद्र १६, बुधबार १७:५६ गते 0 Minutes 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार