२०७८ माघ १४ शुक्रबार

‘कमेडी च्याम्पियन २’को प्रशारण अगावै रिजल्ट आउट !

काठमाडौं : नेपालको चर्चित हास्यव्यंग कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ बाट हिक्मत महरा बाहिरिएका छन् ।बुधबार कमेडी च्याम्पियनको उत्कृष्ट तीनको प्रस्तुतिको सुटिङ भएको थियो ।

जसमा उनी सहभागी नभएसँगै बाहिरिएको बुझिएको छ। आजको सुटिङमा हाँस्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला उपस्थित भएका थिए । सुटिङमा सहभागी भएपछि

बाहिरिएका उनीहरुले आजको प्रस्तुतिमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा मात्रै उपस्थित रहेको र उनीहरुले प्रस्तुति दिएको बताए। चार प्रतिस्पर्धीमध्ये

भरतमणि पहिले नै फाइनलमा पुगिसकेका थिए भने भोटका आधारमा अग्रवाल र थापा उत्कृष्ट तीनमा पुगेका हुन् । सूदुरपश्चिमबाट प्रतिनिधित्व गर्दै आएका महरालाई माओवादी केन्द्रकी नेत्री तथा पूर्वमन्त्री बिना मगरले समेत भोट मागेकी थिइन्।

२०७८ भाद्र १६, बुधबार २३:२३ गते 0 Minutes 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार