२०७९ आश्विन १० सोमबार

विश्वप्रकाश शर्मा भन्नुहुन्छ : मत माग्न जाँदा मास्क लगाउन नबिर्सनु है।

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र

कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन आग्रह गरेका छन् ।
प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने समेत बताएका हुन् ।

महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य नेपाली कांग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उनले अनुरोध गरे ।

१८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिएपनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उनले बताए ।

प्रवक्ता शर्माले १८ गतेबाट पार्टी महाधिवेशन शुरु हुँदै गर्दा कोरोना, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताए ।

यी समस्या बाहेकका जिल्लाहरुमा भने कांग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया शुरु गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिए । उनले भने,‘कुनै भूगोलमा कारणवश १८ गते शुरु हुँदै गर्दा कोरोनाको जटिलता वा अन्य केही जटिलता र

क्रियाशील सदस्यता नटुंगिएको खण्डमा तद् जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग सम्पर्क, समन्वय गरेर अनि अनुमति लिएर ती जिल्लाको अधिवेशनलाई १८ बाट १९,२०,२१ आफ्नो अनुकुलता अनुसार गर्न सक्नुहुनेछ, त्यो कोरोनाको विषय, क्रियाशील सार्वजनिक

नभएको विषय र प्रतिनिधि पुग्दै गर्दा कारणवश ढिलाइ भएको विषयको वस्तुगत स्थिती भन्दा बाहेक हामी १८ गतेबाट नै महाधिवेशनको प्रक्रिया शुरु गर्नेछौँ, त्यसकारण सबैको जोड १८ गते छ, भदौ १८, २०७८ साल यो अधिवेशनको सबैले गम्भीरतापूर्वक लिएका छौँ ।’-दैनिक न्युज नेपाल

२०७८ भाद्र १७, बिहीबार ०१:४७ गते 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।