२०७८ माघ ११ मंगलवार

जो बाइडेन भन्छन् : अरू देश बनाउन अमेरिकी सैनिक पठाउने युगको अन्त्य भयो।

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुनु एक युगको अन्त्य भएको बताएका छन्।

२० वर्ष लामो युद्धको अन्त्य गर्दै सोमबार अमेरिकी सैनिक अफगानि’स्तानबाट फर्किएपछि मंगलबार ह्वाइ’टहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानि’स्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्।

‘अफगानिस्तानबारे गरिएको निर्णय अफगा’निस्तानसँग मात्र सम्बन्धित छैन यो अरू कुनै मुलुक बनाउन ठूला सैनिक अपरेशन गर्ने यु’गको अन्त्य पनि हो,’ बाइडेनले भने।
आउने दिनमा विदेशी मुलुकमा अमेरिकाले सैनिक शक्तिको प्रयोग कम गर्ने र हस्तक्षे’पकारी नहुने बाइडेनको संकेत थियो।

सम्बो’धनका क्रममा बाइडेनले आफूले अफगानिस्तानमा यु’द्धलाई निर’न्तरता नदिने प्रतिवद्धता गरेको र अहिले त्यो पूरा भएको बताए। लथालिंग तरिकाले भएको अमेरिकी र अफगान नागरिकको उ’द्धारलाई पनि बाइडेनले स्वभाविक भएको उल्लखे गरे।

उनले आफ्नो भागमा परेको दोष लिन आफू तयार भएको उल्लेख गर्दै अफगानिस्तान फेरि तालिबानको कब्जामा आउनुमा अरू पनि उत्तिकै दो’षी रहेको बताए। उनले आफ्ना पूर्वव’र्ती डोनाल्ड ट्रम्प र अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई संकेत गरेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार एक महिनाअघि अफगान समकक्षी घानीसँग भएको टेलिफोन संवादमा बाइडेनले अमेरिकी सेना फिर्ता भए पनि आफूहरूको सहयोग जारी रहने तर त्यसका लागि घानीले सोच ब’दल्नु पर्ने बताएका थिए।

जुलाई २३ मा भएको टेलिफोन संवादका क्रममा बाइडेनले घा’नीलाई भनेका थिए(तपाईंसँग अमेरिकाले तालिम दिएको राम्रो सेना छ। ती तीन लाख सैनिक ७०(८० हजार तालि’बानसँग ल’ड्न सक्षम छन्।

बाइडेनले घानीले नयाँ योजना अघि सारे अमेरिकाले उनको सरकार जोगाउन हवाई सहयोगलगायत अन्य थुप्रै सहयोग गर्ने बताएका थिए। तालिबानले काबुल क’ब्जा गर्नु तीन साताअघि बाइडेन(घानी’बीच भएको उक्त संवादले दुबै नेताहरूले यति छिटै तालि’बानहरू काबुल आइपुग्छन् भन्ने कल्पना पनि नगरेको देखिन्छ। -दैनिक न्युज नेपाल

२०७८ भाद्र १७, बिहीबार ०२:३९ गते 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार