२०७९ आश्विन १० सोमबार

१० औं कोरियन एम्बासडर तेक्वान्दो आज देखि ।

काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मुल आयोजक समितिका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जनाएका छन् ।

३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउने छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेमा पदक जितेका प्राय सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

तीनदिने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । व्यक्तिगत स्पर्धाको पुरुष÷महिलामा ६–६ गरी १२, पेयर र टिममा समान ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।

विगतमा भौतिक रुपमा प्रतियोगिता आयोजना हुँदै आएकोमा कोरोनो भाइरस (कोभिड– १९) को जो’खिमलाई मध्यनगर गरी भर्चुअल रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको उद्घाटन शुक्रबार (भोली) बिहान ११ः०० बजे तेक्वान्दो एकेडेमी भवनमा हुनेछ ।

२०७८ भाद्र १८, शुक्रबार ०२:३३ गते 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।