२०७९ आश्विन १२ बुधबार

प्रचण्ड-नेपाल ‘वान टु वान’ वार्ता, एमसीसी र सीमा अति’क्रमणको विषयमा छलफल !

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच बिहीबार बिहानैबाट सिंहदरबारमा ‘वान टु वान’ वार्ता चलिरहेको बताइएको छ । सत्तारुढ गठबन्धनका मुख्य दुई दलका अध्यक्षहरुबीच भइरहेको भेटवार्ता एमसीसी र चीनसँगको सीमा विवाद केन्द्रित भइरहेको बताइएको छ ।

सम्झौताका लागि एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स आगामी साता नेपाल भ्रमणमा आउदै छन् । उक्त बिषयमा के कस्ता बिषयहरु समावेश गरेर कुन ढंगले प्रस्तुत हुने भन्ने बिषयमा उहाँहरुको छलफल केन्द्रित भएको अनुमान गरिएको छ ।

बिगतमा अध्यक्षद्वय ‘प्रचण्ड’ र नेपाल एमसीसीको बिपक्षमा रहेको थिए । तर पछिल्लो समय उनीहरु संशोधनसहित लागू गर्ने पक्षमा देखिएका छन् । साथै उहाँहरुबीच जुम्लामा चीनले नेपाली भूमि अतिक्रमण भएको या नभएको भन्ने बिषयमा पनि छलफल भइरहेको बताइएको छ ।

यसअघि सरकारले उक्त बिषयमा अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

तर सीमा तथा कूटनीतिक मामिलाका जानकारहरूले भने सरकारको उक्त निर्णयले चीनसँगको नेपालको सम्बन्ध बिग्रन सक्ने प्रतिकृया दिइरहेका छन् ।

२०७८ भाद्र १८, शुक्रबार ०२:३६ गते 0 Minutes 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।