२०७९ आश्विन १५ शनिबार

युएईले को’रोना वि’रुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरे’ण्टीनको नियम हटायो !

काठमाण्डौ : आउँदो आइतबार अर्थात सेप्टेम्बर ५ देखि को’रोना वि’रुद्धको पूरा खोप लगाएर यूएईको आबुधाबी जाने यात्रुले क्वरे’ण्टीन बस्न नपर्ने भएको छ ।

आफ्नो नीतिलाई परिवर्तन गर्दै यूएईको इम’र्जेन्सी, क्रा’इसिस एण्ड डिजा’स्टर कमि’टीले खोप लगाएर आएका यात्रुले क्वरे’ण्टीन बस्न नपर्ने नियम ल्याएको हो । यो नियम अन्तर्रा’ष्ट्रिय उडान मार्फत आउने सबै यात्रुका लागि लागू हुने खबर गल्फ न्युजले लेखेको छ ।

खोप लगाएका र यूएईले ग्रिन लिष्टमा राखेका देशबाट आउने यात्रुले प्रस्था’नभन्दा ४८ घण्टा अगाडिको पी’सीआर ने’गेटिभ रिपोर्ट देखाउन पर्छ । यस्तै आबुधाबी पुग्नासाथ पीसी’आर परीक्षण गर्नुपर्छ भने त्यहाँ पुगेको ६ दिनपछि पुनः पीसी’आर परी’क्षण गर्नुपर्छ ।

ग्रिन लिष्ट भन्दा अन्य देशबाट आउने यात्रुले पनि प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पी’सीआर नेगे’टिभ रिपो’र्ट देखाउन पर्छ । आबुधाबी पुगेपछि पीसीआर परीक्षण हुने छ भने त्यसपछि त्यहाँ पुगेको चौथो र आठौं दिनमा पनि पीसी’आर परीक्षण गर्नुपर्छ ।

यस्तै कोरो’ना विरु’द्धको खोप नलगाएका तर ग्रिन लिष्ट देशबाट गएकाहरुले पनि प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पी’सीआर नेगे’टिभ रि’पोर्ट देखाउन पर्छ । आबुधाबी पुगेपछि पनि पीसीआर परी’क्षण गर्नपर्छ । तर क्वरे’ण्टीनमा बस्न पर्दैन । त्यसपछि ६ दिनमा र ९ दिनमा पुन: पीसी’आर परीक्षण गर्नुपर्छ ।

तर खोप नलगाएका रेड’लिष्ट देशबाट आएका यात्रुले भने प्रस्थानभन्दा ४८ घण्टा अगाडिको पीसी’आर ने’गेटिभ रिपो’र्टका साथै आबुधाबी पुगेपछि १० दिन क्वरेण्टी’नमा बस्न पर्छ । ९ दिनको दिनमा पीसी’आर परीक्ष’ण हुनेछ । -उज्यालो अनलाइन बाट

२०७८ भाद्र १८, शुक्रबार १७:२४ गते 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।