२०७९ आश्विन २० बिहीबार

भारतद्वारा नेपाललाई ४ अर्ब २० करोड अनुदान सहयोगको सम्झौता ।

काठमाडौं : नेपाललाई भारत सरकारले ४ अर्ब २० करोड अनुदान सहयोग गर्ने भएको छ । नेपालका १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य

परियोजनाको पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्नि’र्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्या’न्वयन इकाई (भवन) ले आज सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
विकास साझेदारी तथा पुन:र्निर्माण प्रभागका प्रथम सचिव

करुण वंशल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले उक्त सम्झौ’तापत्रमा हस्ताक्षर गरेका थिए । नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृ’तिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा,

नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुन:र्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्या’न्वयन इकाई (भवन) ले पुर्ननिर्माण गर्न उक्त रकम अनुदान दिएको हो ।

भारतीय दुतावासले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘२०७२ सालको भूक’म्पले क्ष’ति पुगेका यी परियोजनाहरुको ४ अर्ब २० करोड अनुदान सहयोगमा पुन:र्निर्माण गरिनेछ । दुवै स्वास्थ्य तथा सांस्कृतिक सम्पदा परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) रहेको छ ।’

दुतावासको अनुसार, शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि १०० मिलियन अमेरिकी डलरका दरले भारत सरकारले भूकम्पपछिको पुन:र्निर्माण कार्यक्रम अन्तर्गत कूल २५०

मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृ’तिक सम्पदा परियोजनाको निर्माण भइरहेको छ ।

त्यस्तै नेपालका १० जिल्लामा १४७ वटा स्वस्थ्य सुविधा र गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा घरहरुको निर्माण भइरहेको दुतावासले जनाएको छ । यी सबै क्षेत्रमा नेपाल सरकारले गरेको पुन:र्निर्माण प्रयासमा हातेमालो गर्न भारत सरकार प्रतिबद्ध रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।-रिपोर्टस नेपाल बाट

२०७८ भाद्र १८, शुक्रबार २२:१८ गते 1 Minute 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।