२०७९ आश्विन १२ बुधबार

विप्लव भन्छन् – तीन बुँदे कार्यान्वयन गर्ने कि ब’न्दुकको आवाज सुन्ने ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रोल्पाका जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्द ‘मानव’ले सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयन नभए बन्दु’कको आवाज सुनाउने बताएका छन् ।

आइतबार सम्पन्न पत्रकारहरुको एक कार्यक्रमकाबीच उनले ३ बुँदे सहमति कार्यान्वयन गर्ने कि बन्दु’कको आवाज सुन्ने रु भन्दै बार्ता र संवादद्वारा सरकार र नेकपाबीच भएका सहमतिहरुलाई का’र्यान्वयन गर्न दबा’ब दिएका हुन् ।

पार्टी शान्तिपूर्ण बाटो हिड्न प्रतिबद्ध रहेको जिकिर गर्दै चन्दले भने– ‘शा’न्तिपूर्ण बाटोमा आएपछि पनि हाम्रा साथीहरु अझै जेलमा हुनुहुन्छ, ३ बुँदे सहमति कार्यान्व’यन अझै हुन सकेको छैन, किन रु’सम्बोधनका क्रममा चन्दले संसदीय व्यवस्थाको विकल्प रोज्न जनमत संग्रहमा सामेल हुन सबै राजनीतिक दललाई पनि आग्रह गरे ।

समाजवादी व्यवस्थाका लागि प्रगतिशील संयुक्त सरकार निर्माण आवस्यकता रहेको चन्दले बताए ।एक फरक प्रसंगमा प्रचण्ड वैचारिक रुपमा स्खलित भइसकेको चन्दले दाबी समेत गरे । ‘संसदीय व्यवस्थाको वि’रुद्द ल’ड्न सिकाउने प्रचण्ड त्यहि व्यवस्थामा फस्नु वैचारिक रुपमा सक्किनु हो’ उनले भने ।

नेकपा आ’बद्द जनपत्रकार संगठन नेपाल जिल्ला समिति रोल्पाले आइतबार आयोजना गरेको तेस्रो जिल्ला सम्मेलनमा दिनेश बिक्रम चन्दले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए । उनी नेपाल कम्यु’निस्ट पार्टी रोल्पाका सेक्रेटरी हुन् ।-दैनिक न्युज नेपाल

२०७८ भाद्र १८, शुक्रबार २२:२४ गते 1 Minute 409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।