२०७९ आश्विन १० सोमबार

भारतीय प्रशिक्षकले भने : नेपालको स्तर बढेछ ।

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग नेपालले बराबरी खेलेकोमा असन्तुष्टि पोखे । नेपाली टिमले जित निकाल्नुपर्नेमा बराबरी खेलेको उनको टिप्पणी थियो ।

तर बराबरी हुनुको दोष उनले खेलाडीलाई दिएनन्, आफैंले माफी मागे । खेलपछिको पोष्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक अल्मुताइरीले नेपालले यस खेलमा जितको अपेक्षा गरेको बताउदै बराबरीको नजिता आएकोमा नेपाली समर्थकसँग माफी मागेका हुन् ।

उनले आईतबार हुने भारत विरुद्धको दोश्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले आक्रामक रणनीतिमा परिवर्तन नगर्ने जानकारी दिए । मैत्रीपूर्ण मात्र हैन आगामी साफ च्याम्पियन्ससिपमा पनि नेपालले आक्रामक फुटबल खेल्ने उनको भनाई छ । आक्रामकता मात्र हैन नेपाली टोलीमा समग्र सुधार आवश्यक रहेको उनले बताए ।

‘हामीले अझै धेरै सुधार गर्नु पर्नेछ । तर, खेलाडीप्रति मलाई गर्व छ । अलमुताइरीले थपे, ‘मेरो लागि साफ च्याम्पियनसिप सबैभन्दा महत्त्वपूर्ण रहेको छ ।

त्यसैले हामी अहिले त्यसकै तयारीको क्रममा रहेका छौं ।’ दशरथ रंगशालामा बिहीबार सम्पन्न मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल र भारत १-१ गोलको बराबरीमा रोकिएका छन् ।

अब दोस्रो खेल आइतबार हुने छ । त्यस्तै खेलपछि प्रतिक्रिया दिदै भारतीय प्रशिक्षक इगोर स्टिमाकले आफ्नो टिमको प्रदर्शन सन्तोषजनक रहेको बताए । तुलान्तम्क रुपमा नेपालभन्दा भारत बलियो टिम भएपनि पछिल्लो समय नेपाली टिमको स्तर वृद्धि भएको उनले बताए ।

२०७८ भाद्र १९, शनिबार ०२:०० गते 1 Minute 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।