२०७९ आश्विन १५ शनिबार

अमेरिकामा कोरो’नाबाट सङ्क्र’मण र मृ’त्युदर बृद्धि !

न्यु योर्क : संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ का सङ्क्र’मित बढ्दै गएको पाइएको छ ।
त्यहाँको यस सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज

कन्ट्रोल एण्ड प्रि’भेन्सनले सो कुरा बताएको छ । उक्त निकायका अनुसार त्यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन को’भिड–१९ का संक्र’मित बढ्दै गएको देखिएको छ ।

जसमा पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि एक लाख ५० हजार जना मानिसमा यो सङ्क्र’मण देखिएको छ ।
यो सङ्ख्या हरेक दिन बढेको पछिल्लो हप्ताको सबैभन्दा धेरै हो र यो अघिल्लो हप्ताको तुलनामा करिब पाँच प्रतिशतले बढ्दो छ ।

त्यहाँ बुधबारसम्मको तथ्याङ्क हेर्दा तीन करोड ९४ लाख ८८ हजार जनामा यो सङ्क्र’मण देखिएको छ । यो हप्तामा अस्पताल भर्ना प्रतिशत पनि बढेको छ ।

पछिल्लो हप्ता अर्थात् अगष्ट २५ देखि ३१ सम्मको अवस्था हेर्दा त्यहाँका १२ हजार १५६ जना अस्पताल भर्ना भएका छन् । यो प्रतिशत अघिल्लो हप्ताको भन्दा १.७ प्रतिशतले बढी हो ।

त्यसैगरी यो हप्ता त्यहाँका एक हजार ४७ जनाको यो सङ्क्र’मणबाट नि’धन भएको छ । यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा ३.७ प्रतिशतले बढी हो ।

यसरी अमेरिकामा पछिल्लो हप्तामा सङ्क्र’मित हुने, अस्पताल भर्ना हुने तथा मृ’त्यु हुनेको सङ्ख्या पनि बढ्दो देखिएको समाचारमा जनाइएको छ । अमेरिकी संस्था सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभे’न्सनले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।-सिन्ह्वा

२०७८ भाद्र १९, शनिबार १८:२१ गते 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।