२०७९ आश्विन २० बिहीबार

९१ बर्षिया भद्रकुमारी घलेले केपी ओलीलाई राजा महेन्द्र सँग तुलना गर्दै माधव नेपाललाई भने दिइन यति तल्लो दर्जा !

काठमाडौ : पूर्वमन्त्री एवं समाजसेवी भद्रकुमारी घलेले नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समजवादी पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपालको हर्क’त प्रति कडा शब्दमा आलोचना गरेकी छिन् ।

माधव कुमार नेपालले एमाले विभाजन गराएर धेरै ठूलो गल्ती गरको भन्दै ९१ बर्षिया घलेले माधव नेपालले आज सम्मको जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको बताएकी छिन् । पार्टी फुटाएर नेपालले आफ्नो खु’ट्टामा आफैँले ब’न्चरो हान्ने काम गरेको पनी उनले बताइन् ।

ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा पूर्वमन्त्री घलेले माधव नेपाललाई यती ठूलो पार्टी विभाजन गराएर हिड्न लाज किन नभएको होला भन्दै प्रश्न गरेकी छिन् । माधव नेपाललाई त बास्तवमा नेता भनेर हिड्न पनि लाज हुनु पर्ने भन्दै उनले त्यस्तो मान्छेले नेता भनेर हिड्न सुहाउँछ ? भन्दै प्रश्न गरेकी छिन् ।

कुराकानीको क्रममा घलेले मात्र पद, पैसा र स्वार्थको लागी पार्टी फुटाइएको भन्दै ओलीजस्तो बहादुर प्रधानमन्त्रीको विरुद्ध गएर उनीहरुले गल्ती गरेको बताइन ।

राजा महेन्द्र पछिको सबैभन्दा रामो र आफुलाई मन परेको नेता ओलीनै हो भन्द फेरी पनि ओलीकै राजनिती अघि बढ्ने दावी गरिन् । माधव नेपाल प्रति निकै आक्रोसित रुपमा प्रस्तुत भएकी ९१ बर्षिया घलेले अब माधव नेपालको राजनिती कहिल्यै पनि माथी उठ्न नसक्ने ठोकुुवा गरिन् ।

म बुढि मान्छेले भनेकी छु बावु यस्तो काम गरेर हिड्ने माधव नेपालको कहिल्यै भलो हुँदैन मलाई लाग्छ अब यिनको राजनितीनै सकियो उनले भनिन् ।

पद र पैसाका लागी नेताहरुले जे पनि गर्न थालेको भन्दै पुर्वमन्त्री घलेले पाँट पटक सम्म प्रधानमन्त्री भएको शेरबहादुर देउवाले गरेको एउटा मात्रै पनि राम्रो काम देखाउँन चुनौती दिएकी छिन् । देउवाले आज सम्म एउटा पनि राम्रो काम नगरेको उनको दावी छ ।

भिडियो !

२०७८ भाद्र २०, आईतवार १०:२८ गते 1 Minute 346 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।