२०७९ आश्विन १५ शनिबार

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फूटबल – भारतसँग नेपाल २–१ ले पराजित !

काठमाडौं : दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ । आइतबार (आज) दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई

२–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं मिनेटमा

कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका थिए । यसैबीच खेल सकिन ५ मिनेट अघि तेज तामाङले नेपालका तर्फबाट एक गोल फर्काउन सफल भए ।

राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए । यसअघि विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलमा नेपालले अग्रता लिएपनि भारतले बराबरी गोल फर्काएको थियो । आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

२०७८ भाद्र २१, सोमबार ०५:३६ गते 0 Minutes 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।