२०७९ आश्विन २० बिहीबार

अब कुबेत पनि सहजै भिजिट भिषामा जान पाइने

काठमाडौं : कुवेतले केही समयपछि भिजिट भिसा खुला गर्ने भएको छ । कुवेतले करिब आधा वर्षको अन्तरालमा भिजिट भिसा खुला गर्न लागेको हो ।

कुवेतको आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको छ । अरब टाइम्सका अनुसार आगामी अक्टोबर शुरुदेखि नै भिजिट भिसा खुला हुने छ ।

कुवेतले आफ्नो मुलुकमा कोरा’ना भा’इरस संक्र’मण दर घटेको र खो’प पनि पर्या¥प्त भएको भन्दै भिजिट भिसा खुला गर्न लागिएको उक्त पत्रिकाले उल्लेख गरेको छ । कुवेतमा निर्माण सल्लाहकार, ईन्जिनियर, प्राविधिक र शिक्षकहरुको माग अत्यधिक बढेको छ ।

यसैबीच कुवेतमा एक लाख पचास हजार बढी अ’वैध आप्र’वासी रहेको पाइएको छ । त्यसमा नेपालीहरुको संख्या पनि ठूलै रहेको बताइएको छ ।

यता वैदेशिक रोजगारीका लागि मलेसियामा गएका ८ जना नेपाली कामदारको श’व र १२ जनाको अस्तु नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडीको जहाजमार्फत मलेसियामा ज्या’न गुमा¥एका कामदारको श’व ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।

विदेशबाट ल्याइएका श’वलाई बोर्डले सरकारी खर्चमा मृत’कको घरसम्म पु¥र्‍याउने गरेको छ । मलेसियामा उडान भर्ने नेपाल एयरलाइन्सको वाइडबडी जहाजले मात्र श’व ल्याउने गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूता’वासको तथ्यांकअनुसार गएको महिना अग’स्टमा मात्रै मलेसियामा ११२ जना नेपालीको मृ’त्यु भएको छ । त्यसमध्ये ९६ जनाको को’रोना संक्र’मणबाट मृ’त्यु भएको हो । -मध्यान्नडेली बाट

२०७८ भाद्र २१, सोमबार १०:४६ गते 1 Minute 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।