२०७९ आश्विन ११ मंगलवार

उपत्यकामा ४०० घर डु’वानमा, साढे दुई सयको उद्दार ।

काठमाडौं : आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले साढे दुई सय बढीको सकुशल उद्धा’र गरेको छ ।

बाढीबाट प्रभा’वित उनीहरूको राति नै उ’द्धार गरिएको प्रहरीले जनाएको छ । करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

राठौरका अनुसार उ’द्धार गरिएकामा काठमाडौंबाट दुई सय ३५ र ललितपुरबाट १५ जना रहेका छन् । मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडा’घारी र बल्खु क्षेत्रबाट उद्धार गरिएको राठौरले जानकारी दिए ।

अन्य ठाउँमा डुबानको समस्या हटेको र मनोहरा खोला किनारामा उ’द्धार भइरहेको उनले बताए ।वर्षाका कारण खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डु’बानमा परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उनीहरूको सकुशल उ’द्धार गरेको हो । गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबा’नमा परेको प्रहरीले जनाएको छ। डु’बानबाट मानवीय र भौतिक क्षति भएको छैन ।

२०७८ भाद्र २१, सोमबार १०:५२ गते 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।