२०७९ आश्विन १० सोमबार

रोमानियामा नेपाली पुरुषका लागि खुल्यो रोजगारीको अवसर, यस्तो छ तलव दर !

काठमाडौ : नेपालीहरुका लागि रोमानियमा जागिरको अवसर खुलेको छ । रोमानियाको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ ।

रोमानियाको वर्कपावर एसएलआर कम्पनीले १०० नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।

करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सुविधा कम्पनीको नियमअनुसार रहेको छ । कामदारले तलब खान बस्ने सहित ६४ हजार माथि देखि ६९ हजार पाउनेछन् । इच्छुक कामदारले हिमालयन भ्याली नेपाल प्रा ली

गौशाला काठमाडौमा भदौ २४ गतेसम्ममा अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कमदार आफैंले बेहोर्नु पर्नेछ । यस्तै, स्वदेशमा हुने बिमा खर्च, विदेशमा हुने मेडिकल खर्च ,हवाई टिकट र भिसा शुल्क कम्पनी आफैैले बेहोर्ने छ

२०७८ भाद्र २१, सोमबार ११:५३ गते 0 Minutes 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।