
काठमाडौँ : सत्तारुढ दल नेकपा अब पूर्व एमाले र माओबादीमा विभाजित हुने लगभग निश्चित भएको बेला अनेकौ टिका टिप्पणी भैरहेका छन्।
प्रचण्ड-नेपाल’ समुहले अब छुटिने निर्णय गरेको छ भने बादल समुहले ओलीकै ने’तृत्वमा एमालेमा रहने तर पद त्याग्ने जनाएको छ। ओली समूह निकै उत्साहित बनेको छ। प्रधानमन्त्री के पी ओलीले पुर्ब एमालेको केन्दिय कमिटिको बैठक नै बोलाउने बताएका छन्।
यसै क्रममा सो समुहमा लागेर प्रधानमन्त्रीको ति’खो र तितो आलो’चना गर्ने पूर्व एमाले रामकुमारी झाक्रीले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महोत्तरीको ब’र्दिवासमा आयोजित एक कार्यक्रममा बोल्दै सत्ताका लागि मरिहत्ते गर्नेहरुका लागि संकटका दिन सुरु भएको बताएकी छिन्।
झाक्रीले निर्वाचन आयोगको अक’र्मण्यताका कारण दुई दल मिलेर बनेको नेकपा पार्टीको अवस्थामा सर्वोच्च अदाल’तले हस्त’क्षेप गरेकोप्रति आ’क्रोश व्यक्त गरिन्।
उनले भनिन्, ‘निर्वाचन आयोगको अक’र्मण्यताले गर्दा मुलुकलाई द्व’न्द्वमा फसायो, निर्वाचन आयोगले एक व्यक्तिको पक्षमा फैसला गर्न चाहने, तर कानून र राजनैतिक न्यायको सिद्धान्तको पक्षमा न्याय दिन नसक्नु आयोगको अकर्म’ण्यता नै हो’।
झाँक्रीले प्रधानमन्त्रीले चालेको पुस ५ गतेको कदम राजा महेन्द्रले चालेको कदम नै रहेको बताउँदै उनले आफू आन्दो’लन गरेरै घुँडा टेकाउन सफल भएको बताइन्। उनले नाम र झण्डा भन्दा पनि कम्यु’निष्टको सिद्धान्त र विचार आफ्नो लागि प्यारो रहेको बताइन्।
उनले भनिन्, ‘हामी सही बाटोमा रहेकोले हाम्रै जीत हुनेछ, सर्वोच्च अदा’लतको फैसलाले हिजोदेखि सरकारले विश्वासको मत लिनुपर्छ, अब प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नका लागि मरि’हत्ते गर्नुपर्नेछ’।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।