२०७९ आश्विन २० बिहीबार

प्रधानमन्त्री देउवा भन्नुहुन्छ : एमसीसी बारे बुझ्ने बोल्नुस्, नबुझ्ने नबोल्नुस् ।

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पो’रेसन (एमसीसी) सम्झौ’ताबारे के गर्ने भन्ने विषयमा

आफ्नै सांसदको प्रश्नमा चर्काे स्वर गरेका छन् । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे के गर्ने भनेर प्रश्न गरेपछि झर्किदै एमसीसी बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिए ।

उनले भने, ‘एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् । नबुझिकन भ्रम छर्ने काम नगर्नुस् ।’
त्यसपछि प्रधानमन्त्री देउवाले केपी ओली नेतृ’त्वको सकारले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउने निर्णय गरेको पनि सुनाए ।

साथै, उनले एमसीसी सहयोग प्रतिस्पर्धाबाट प्राप्त अनुदान भएको पनि बताए । सम्झौता गर्दा स’र्तहरु र त्यससँग लोक’तान्त्रिक देशको सम्बन्ध पनि जोडिएको हुने उनले बताएका छन् । उनका अनुसार एमसीसीबारे अनावश्यक भ्रम फैलाउने काम बन्द गरौँ ।

२०७८ भाद्र २२, मंगलवार १९:०७ गते 1 Minute 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।