२०७९ आश्विन १५ शनिबार

प्रचण्ड भन्नुहुन्छ – तपाईंहरु ढुक्क हुनुस्, एमसीसी पास हुँदैन ।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोट पठाएपनि अहिलेसम्म जवाफ नआएको र एमसीसी पास नहुने बताएका छन् ।

मंगलबार पार्टीको योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को केन्द्रीय समिति बैठकमा बोल्दै उनले अहिलेसम्म एमसीसीबारे जवाफ नआएको र पास नहुने बताए ।

उनले भने, ‘एमसीसीबारे हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ तर, त्यसको जवाफ अहिलेसम्म आएको छैन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन । र, एमसीसी पास हुँदैन ।’

साथै, उनले सबैलाई राष्ट्रघा’ती कदममा माओवादी कदापि अघि नबढ्ने पनि बताएका छन् । ‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन,’ उनले भने ।

२०७८ भाद्र २२, मंगलवार २१:२१ गते 1 Minute 370 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।