२०७९ जेष्ठ १० मंगलवार

हार्दिक बधाई ! राजेश हमालले सञ्चालन गरेको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विश्वभरबाट उत्कृष्ट ३० मा पर्न सफल

काठमाडौं : राजेश हमालले सञ्चालन गरेको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विश्वभरबाट उत्कृष्ठट ३० मा पर्न सफल भएको छ ।

‘वल्र्ड जस्टिस च्यालेञ्ज’ को उत्कृष्ट ३० मा टेलिभिजन कार्यक्रमम ‘जातको प्रश्न’ पर्न सफल भएको समता फाउण्डेशनले जनाएको छ ।

विधीको शासनको सुरक्षा र सम्वद्र्धन गर्ने असल अभ्यास तथा प्रभावकारी अभियान र नीतिको पहिचान, सम्मान र प्रवद्र्धन गर्नका लागि भन्दै वल्र्ड जस्टिस प्रोजेक्टले हरेक वर्ष विश्वव्यापी प्रतिस्पर्धा गर्दै आएको छ ।

प्रतिस्पर्धामा विश्वका ११४ देशबाट ४२५ भन्दा धेरै आवेदन परेका थिए । त्यसमध्ये नेपालबाट टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ उत्कृष्ट ३० मा पर्न सफल भएको हो ।


तस्बिर : अन्लाईन खबर

विश्वभरबाट उत्कृष्ट ३० मा पर्न पाउँदा निक्कै खुशी लागेको फाउण्डेशनले विज्ञप्तीमार्फत जनाएको छ । फाउण्डेशनले टेलिभिजन कार्यक्रम ‘जातकाे प्रश्न’ १२ अंक तयार पारेकाे थियाे ।

अभिनेता राजेश हमालले सञ्चालन गरेको १२ अङ्कको जातको प्रश्न कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो। कार्यक्रमले जात व्यवस्थासम्बन्धी जटि’ल र ग\म्भीर प्रश्न उठाएको छ। विश्वभर २६ करोड जनस’ङ्ख्याले जातीय वि’भेद भोग्नुपरेको विभिन्न तथ्याङ्कले देखाउँछ। नेपालमा दलि’तको जनसंख्या ३० लाखभन्दा धेरै छ।

२०७७ फाल्गुन २५, मंगलवार १७:५८ गते 1 Minute 652 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।