२०७९ आश्विन १२ बुधबार

नेपालसँगको सीमा वि’वाद बारे चीनले दियो यस्तो प्रतिक्रिया !

काठमाडौँ : हुम्लामा चीनसँगको सीमा विवाद देखिएको भन्दै नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने निर्णय गरेपछि चीनले दुई देशबीचको सीमा वि’वाद सन् १९६० ताका नै समा’धान भइसकेको जनाएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले केही व्यक्तिहरूले यसअघि पनि चीन र नेपालबीच सीमा वि’वाद रहेको भन्दै उछाल्न खोजेको र यस विषयमा परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै स्पष्ट पारी सकेको पनि बताएको छ ।

यस्तो छ दूतावासका प्रवक्ताको भनाइ ।

चीन र नेपालले १९६० ताका नै दुई देशबीचको सीमाको मु’द्दालाई मित्रवत् छलफलबाट समाधान गरिसकेको छ । केही व्यक्तिहरूले ‘चीन–नेपाल सीमा वि’वाद’ रहेको भन्दै उछाल्ने खोजेका थिए । नेपालको परराष्ट्र मन्त्रालयले यस विषयमा वक्तव्य जारी गर्दै स्पष्ट पारिसकेको छ ।

चीन र नेपालले लामो समयदेखि सीमा व्यवस्थापन, बन्द’रगाह निर्माण र सञ्चालन र अन्तर सीमा सहकार्यलाई प्रवर्द्धन गर्दै आइरहेको छ । सीमा क्षेत्रका जनताले मित्रवत् सम्बन्ध कायम गरिरहेका छन् । यो वर्ष चीन र नेपालबीच भएको सीमा सन्धिको ६० वर्ष पुरा भएको छ ।

चीन पञ्चशीलको सि’द्धान्तअनुसार सीमासम्बन्धी मामिलामा सहकार्यलाई मजबुत पार्न तयार रहेको छ र ट्रान्स हिमालय बहुआयामिक कनेक्टि’विटी नेटवर्कलाई संयुक्तरुपमा निर्माण गरेर दुई देशको विकास र सहकार्यका लागि पुल निर्माण गर्न तयार रहेको छ ।

त्यस्तै यता भारतले दार्चुलाको तुइन घ’टनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

‘त्यहाँको ‘घटना मिडियामार्फत सुनेका छौं । तर हामीसंँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टर’नल रुपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कान्तिपुरले सोधेको प्रश्नको जवाफमा प्रवक्ता बाग्चीले भने, ‘नेपाल सरकाबाट केही जानकारी आइनसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।’उनले यो विषयमा भारतभित्र पनि कुनै अनुसन्धान भएको नभएकोबारे पनि केही जानकारी नभएको बताए ।

‘मलाई कसैले केही भनेको छैन, मिडियामा मात्र पढेको छु । भारतभित्र आन्तरिक अनुसन्धान भए/नभएकोबारे पनि सूचना छैन, भारतको राजदूतावासमार्फत केही आउला अनि मात्र हामीले यसबारेमा केही हेर्नेछौं ।’ उनले यो विषयमा फरक फरक धारणाबाट कुरा आइरहेको बताए । ‘धेरै मानिसले उक्त घट’नालाई एउटा र केही फरक दृष्टिकोणले बताइरहेकाले ठ्याक्कै सही कुरा के हो मलाई थाहा छैन ।’

भारतीय सशस्त्र सुरक्षा बल (एस’एसबी)ले तुइ’न चु’डाइँदिँदा जयसिंह धामी बेप’त्ता भएका थिए । यस सम्बन्धमा गृह मन्त्रालयको छानबिन टोलीले कूटनीतिक पहलमार्फत घ’टनामा संलग्नलाई कारबाही र पी’डितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सुझाव दिएको थियो । उक्त सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ ।

नेकपा एमालेले दार्चुलाको महाकाली नदीमा बे’पत्ता भएका जयसिंह धामीको घट’नालाई सरकारले थामथुम पार्न खोजेको बताएको छ। बिहीबार पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारले यस घ’टनालाई थामथुम पार्न खोजेको बताएका हुन्।

गत साउन १५ गते महाकाली नदी पार गर्नेक्रममा भारतीय एसएसबीले तुइ’न चुडा’उँदा धामी बेप’त्ता भएको आ’रोप छ। सोही घट’ना एक महिनाभन्दा बढी पछि बुझाएको प्रतिवेदन अस्पष्ट रहेको नेकपा एमालेको ठहर छ।

‘गतः २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तु’इन चु’डाइदिएर जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बितेको छ,’विज्ञप्तिमा भनिएको छ,’यस विषयमा छानबिन गर्न गठित समितिको म्याद पटक-पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घट’नालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ।’

सरकारले भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल समेत गर्न नसकेको उक्त विज्ञप्तिमा उल्लेख छ।

औपचारिकता पूरा नगरी जनताको ध्यान घ’टनाबाट अन्यत्रै मोड्न खोजेको आशंकासमेत पैदा भएको पार्टीले जनाएको छ। पार्टीले संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै घ’टनाको सत्यतथ्य सार्वजनिक गरी दो’षीलाई कारबाही र पी’डित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ।-सुचना केन्द्र

२०७८ भाद्र २३, बुधबार ०४:४६ गते 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।