२०७९ आश्विन ११ मंगलवार

एमसीसीको बि’रोध गरे जे’ल हाल्ने चे’तावनी पछि भीम रावलदेखि जर्नेल प्रेमसिंह बस्नेतसम्म उत्रिए सडकमा !

काठमाडौ : गृह मन्त्रालयले विदेशी राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न चेतावनी दिएको छ ।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्रराष्ट्र, विदेशी नागरिक र उनीहरुको सम्पत्तिका विषयमा नकरात्मक टिप्पणी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण भएको बताएको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्यस्ता नकारात्मक टिप्पणी गर्नेमाथि गृह मन्त्रालयले सूक्ष्म निग’रानी गरिरहेको र प्रचलित कानुन बमोजिम कारवा’ही गर्ने चेताव’नी समेत दिइएको छ ।

गृह मन्त्रालयले कुनै देशको नाम र आयोजनाको नाम नतोकी उनीहरुप्रति बि’रोध भएमा क’डा कारवा’ही गर्ने भन्दै क’डा भाषामा निकालेको विज्ञप्तिको नेकपा एमालेका नेता भीम

रावल, नेपाली सेनाका अवकासप्राप्त जर्नेल डा.प्रेमसिंह बस्नेतदेखि सामाजिक सञ्जालमा आम सर्वसाधारणले बिरोध गरिहेका छन् । सुरक्षाविद् समेत रहेका डा.प्रेमसिंह बस्नेतले एमसीसीका उपाध्यक्ष नेपाल आउन लागेको सन्दर्भमा

अमेरिका बिरोधी गतिविधि हुन सक्ने, कालोझण्डा देखाउने, सामाजिक सञ्जालबाट समेत बिरोध बढ्ने भएकाले त्यसलाई रोक्नका लागि सरकारले जाल फ्याँकेको हुन सक्ने बताए ।
गत साउन ३० गते स्वागत नेपालको नेतृत्वको उन्नत लोकतन्त्र पार्टीले नुवाकोटमा एमसीसी परियोजनाका लागि अधिग्रहण

गरेको जग्गामा राष्ट्रिय झण्डा गाडेर विरोध जनाएकोप्रति लक्षित गर्दै गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको हुन सक्ने बस्नेतले बताए । यस्तै दार्चुलामा जयसिंह धामीको बेपत्ता प्रकरणका दो’षीलाई कार’वाहीको माग गर्दै यही भदौ १८ गते नेकपा

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पु’त्ला द’हन गर्दैै बिरोध प्रर्दशन गरेको थियो । नेपालमा एमसीसी परियोजनालाई लिएर अमेरिका बिरोधी प्रदर्शन अनि जयसिंह धामीलाई भारतीय एसएसबीले तु’इन का’टेर बेप’त्ता पारेको विषयमा भारत

विरोधी गतिविधि बढ्ने भएपछि गृहमन्त्रालयले क’डा भाषामा विदेशी मित्रराष्ट्रलाई असर पर्ने र नेपालको कूटनीतिक मामिलामा असर पर्ने गरी सडक प्रर्दशन, सामाजिक सञ्जाल तथा मिडियाबाट हुने बि’रोधलाई दवाउन सो विज्ञ’प्ति जारी गरेको विश्लेषण गरिएको छ ।-अन्नपूर्ण टाइम्स बाट

२०७८ भाद्र २३, बुधबार ०९:४६ गते 1 Minute 473 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।