२०७९ आश्विन १० सोमबार

राजा र मनिषा कोइरालाले राजनीतिक पार्टी दर्ता !

काठमाडौ : मनिषा कोइरालाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा राखी तत्काल राजनीतिक पार्टी दर्ता गर्न आवश्यक देखिएको छ ।

मनिषा कोइरालाको विगतको पारिवारिक पृष्ठभुमि पनि राजसंस्था र हिन्दु राष्ट्र नै रहेको थियो । मुलुकमा मनिषा कोइरालाले राजसंस्था र धर्म सा’पेक्षको विषयमा नेबतृत्व गर्ने समय आएको छ ।

यसकारण मनिषा कोइरालाले राजसंस्था र धर्म सापेक्षको एजेन्डा राखी छिटोभन्दा छिटो राजनीतिक पार्टी दर्ता गर्न आवश्यक देखिएको छ । राजनीतिक पार्टी खोल्नु सामान्य कुरा होईन ।
राजनीतिक पार्टी खोल्न पृष्ठभुमि, अन्तर्राष्ट्रिय सम्बन्ध, पहुँच र वातावरण बनेको हुनुपर्ने हुन्छ ।

मनिषा कोइरालाको देश बिदेश अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध र पहुँचहरु पनि छ । मनिषा कोइराला कलाकार भएकोले अन्तर्राष्ट्रिय सम्बन्धहरु पनि राम्रो छ ।

हाम्रो मुलुकमा राजनीतिक पार्टीको केन्द्रिय महिला अध्यक्ष कोही पनि छैनन । मनिषा कोइरालाले राजनीतिक फिल्महरु पनि थुप्रै खेलिसक्नु भएको छ । मनिषा कोइरालालाई राजनीतिकको विषयमा अनुभव र ज्ञानहरु पनि धेरै छ ।

मनिषा कोइरालालाई राजनीतिक पार्टी हाँक्न कुनै पनि समस्या र कठिनाइहरु पर्दैन जस्तो मलाई लाग्छ । राजनीतिक गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पहुँच’हरुको पनि आवश्यक पर्दछ । मनिषा कोइरालालाई राजनीतिक पार्टी हाँक्न सहज हुनेछ भन्ने कुरामा म शत प्रतिशत विश्वस्त छु ।

मनिषा कोइराला सक्षम र क्षमतावान हुनु हुन्छ । अब मुलुकमा मनिषा कोइरालाले तत्काल राजसंस्था र धर्म सापेक्षको विषयमा नेतृत्व गर्नुपर्ने समय आएको छ । मुलुकमा हालको वर्तमान समयमा राजसंस्था र हिन्दु राज्यको ए’जेन्डा बोकेका पार्टीहरुका अध्यक्ष, महासचिव, सचिव, सहसचिव, सदस्यहरु र नेताहरू

कोही पनि भरपर्दो र विश्वसनीयता भएका छैनन र अन्तर्राष्ट्रिय नेताहरूले विश्वास गर्ने लायकको सम्बन्ध, पहुँच कसैको पनि छैन र अन्तर्राष्ट्रिय स्तरमा राज’संस्था र हिन्दु राज्यको माहोल र वातावरण कसैले पनि बनाउन सकेनन ।

सामाजिक संजालहरु र मिडियाहरुमा पनि मनिषा कोइरालाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाई रहनु भएको छ । अब मनिषा कोइरालाले आफ्नो नेतृत्वमा राजसंस्था र धर्म सापेक्षको एजेन्डा राखी तत्काल राजनीतिक पार्टी खोल्न

आवश्यक छ साथै अन्य राजावादी पार्टीहरुलाई समेत मनिषा कोइरालाले एकताबद्ध गराउन सकेमा पुनः मुलुकमा राजसंस्था फर्कन समय लाग्ने छैन म विश्वस्त छु ।स्वतन्त्र नेपाली नागरिकस्राकेश कुमार शर्मा !

२०७८ भाद्र २३, बुधबार १०:२६ गते 1 Minute 492 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।