२०७९ आश्विन १० सोमबार

धर्मेन्द्र बास्तोला भन्नुहुन्छ : नेपाललाई अफगानिस्तान बनाउने एमसीसी खारेज हुनुपर्छ ।

काठमाडौं : नेकपा (विप्लव) का नेता धर्मेन्द्र बास्तोलाले एमसीसी नेपालको हितमा नभएकाले खा’रेज गर्नुपर्ने बताएका छन् । एमसीसी पारित भएको खण्डमा अफ’गानिस्तान बनाउने खतरा रहेको उनको आ’रोप लगाए ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋ’षि धमलासँग कुरा गर्दै नेता वास्तोलाले भने, “एमसीसी नेपालको हितमा छैन । यसलाई पूर्णतः खारेज गर्नुपर्छ । यसले नेपाली जनतालाई कंगाल बनाउँछ । देशको परराष्ट्र नीति’विपरीत हुन्छ ।

त्यसैले देशलाई अफगानिस्तान बनाउने एमसीसीका सम्पूर्ण प्रक्रिया खारेजप्का लागि जनदबाब उठेको हो ।” उनले अमेरिकासँग नेपालले एमसीसी नमागेको र त्यो अनुदान नभएको पनि बताए । उनले थपे, “यो नेपालले मागेको पनि होइन, अनुदान पनि होइन । एनसेलबाट ७२ अर्ब उठाउन नसक्ने अनि ५५ अर्बका लागि राष्ट्रघा’त गर्ने ?

नेपालको भूसंवेदनशील अवस्थालाई दुरुप’योग गरेर एमसीसी भारतलाई टु’क्रा पार्न चाहन्छ, चीनलाई पनि तनाव दिने उद्देश्यसहित आएको छ । अब ज्ञानेन्द्रबहादुर कार्कीले आफ्ना बाध्यता जनतासामु हुन्छ । सहयोगका नाममा उपनिवेश सैह्य हुन्न ।”

नेता बास्तोलाले माओवादी केन्द्रसँग एकताका लागि प्रयत्न हुने पनि बताए । उनले भने, “नीतिगत हि’साबले एकता सम्भव छ । तर एकताका लागि कुराकानी भएको छैन । हामी बृहत् कम्यु’निस्ट एकता चाहन्छौं । त्यसमा प्रचण्डजी पनि पर्नुहुन्छ । प्रचण्डले अब संसदीय व्यवस्था चल्दैन भनिसकेकाले अब सहज भएको छ ।”

उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा एमसीसी, जटिल राजनीतिक अवस्थाको निकास आदि एजे’न्डा रहेको पनि बताए । केपी ओली सरकारसँग भएका तीन बुँदे सहमतिमध्ये पार्टी प्रतिबन्ध फुक’वाबाहेक अरु पालना नभएको उनको आ’रोप छ ।

उनले भने, “यसको का’र्यान्वयनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर जानकारी गराएका छौं । सरकारले गरेका सहमति कार्या’न्वयन नगर्दा प्रश्न उठ्छ । यसको तत्काल कार्या’न्वयन आवश्यक छ ।”-रिपोर्टस नेपाल

२०७८ भाद्र २३, बुधबार १०:३६ गते 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।