२०७९ आश्विन १२ बुधबार

नमस्कार गर्दै काठमाडौँ आइपुगिन एमसीसी उपाध्यक्ष फातेमा, सुरक्षा व्यवस्था कडा !

काठमाडौँ : एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपाल आइपुगेकी छन् ।एमसीसी परियोजना का’र्यनयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आएकी हुन् ।

कतार एयरवेजमार्फत आएकी उनी काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा ९ः२५ उत्रिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका साथमा सहायक उपाध्यक्ष जोनाथ ब्रु’क्स पनि आएका छन् ।

सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ क’डा पारेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीक प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पनि सुरक्षा व्यवस्था क’डा पारिएको बताए ।

सुमारसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरिट होटल प्रस्थान गरेकी छन् । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि विवा’दित बनेको छ ।

कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था क’डा पारिएको छ ।

बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।

२०७८ भाद्र २४, बिहीबार ११:५६ गते 1 Minute 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।