२०७९ आश्विन १२ बुधबार

बोले रबि लामिछाने एमसिसी बारेमा यसो भने !

काठमाडौ : एममीसी बारे नबोलेको भनेर च’र्को आलो’चना भए पछि संचारकर्मी रवि लामिछानेले बल्ल आफ्नो धारणा व्यक्त गरेका छन् ।सामाजि संजाल मार्फत आफ्नो विचार राख्दै लामिछानेले फेरी पनि गोलमाल जवाफ दिएका छन् ।

टेलिभिजनको कामले बोल्न नभ्याएको भन्दै एमसीसी जस्तो देशकै सार्वभौ’मिकताको बिषयमा जोडिएको बिषयमा पनि उनले हलुका जवाफ दिएका छन् ।अहिले पनि एमसीसीको पक्ष वा विपक्ष के हो भन्ने नखुलाई लामिछानेले एमसीसीको वि’रोध गर्न सकेका छैनन् ।

संशोधन सहित संसद बाट एमसीसी पास गर्नु पर्ने पक्षको कित्तामा उनले आफुलाई उभ्याएका छन् । नेपालको संविधान भन्दा माथी नरहने गरि एमसीसी पास गर्नु पर्ने आसय उनले व्यक्त गरेका छन् ।एमसीसीकी उपाध्यक्ष फतिया सुमार नेपाल आएको दिन बल्ल रविले मुख खोलेका छन् ।

सामाजिक संजाल मार्फत रविले व्यक्त गरेका धारण यस्तो छ हेर्नुस जस्ता को तस्तै :एमसीसी बारे मैले त त्यति बेला नै बोलेको थिएं जति बेला केही मानिसहरु बोल्दा वा नबोल्दाको फाइदार बेफाइदा हिसाब गर्दै थिए।

हेर्न, सुन्न, बुझ्न छुटाउनु हुनेहरुकालागि फेरि पनि दिहो’र्याएर भन्छुस् बिना परिमार्जन जस्ताको तस्तै लागू हुने भएको खण्डमा म एमसीसी को बिपक्षमा छु। एमसीसी का बुंदाहरु संशोधन हुदैनन् भन्ने अमेरिकी अडान सँगै, बिना संशोधन संसदबाट पारित हुनु हुदैन भन्ने मेरो अडानपनि कायम नै रह्यो।

लिखित जवाफ मार्फत एमसीसी अमेरिकाले नेपालको संविधान भन्दा माथी यो सम्झौता होइन भनेछ। त्यसो भए त्यो र अन्य त्यस्ता बुदा संशोधन गर्न के को आपत्ति रु मैले नबुझेको रहेछु भने बिज्ञहरुले बुझाइदिनु होला।

सच्चिन तयार छु। तथ्य फेरिएछ भने धारणा फेरौला। नोट: कुनै पनि विषयमा यस्ले आफ्नो धारणा राखिदिए हुन्थ्यो भन्ने स्वभाविक जिज्ञासालाई उच्च सम्मान गर्दछु।हाल म ग्यालेक्सी फोर के को अन्तिम तयारीमा अत्यन्तै ब्यस्त हुन पुगेका कारण कयौं विषयमा बोल्न पाएको छैन।

त्यसकालागि क्षमा गर्नु होला तर तपाईंको प्रतीक्षाले अब महिना दिन पनि काट्ने छैन। छुटेका सारा हिसाब अब छिट्टै र सोझै ग्यालेक्सी फोर के मार्फत नै हुन्छन्। कुनै प्रश्न बाँकी भए अघिल्लो लाइन दोहो¥र्‍याएर पढिदिनु होला। धन्यवाद।

२०७८ भाद्र २४, बिहीबार २१:५७ गते 1 Minute 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।