२०७९ आश्विन १० सोमबार

मेसीले मैदानमा झोक्किँदै भने : विश्वले यो तमासा हेरिरहेको छ ।

एजेन्सी : दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत ब्राजिल र अर्जेन्टिनाको खेल र’द्ध भएको छ। अर्जेन्टिनाका खेलाडीले ब्राजिल सरकारको कोरोनासम्बन्धी नियमलाई पालना

नगरेको भन्दै स्वास्थ्य प्रतिनिधिहरुले अवरोध गरेपछि खेल रोकिएको हो। खेल शुरु भएपछि मैदानमा एक प्रकारको अनौठो दृश्य देखियो। स्वास्थ्य प्रतिनिधिका अवरो’ध बाबजुद खेल शुरु भएको थियो।

तर खेल शुरु भएको ६ मिनेटपछि उनीहरु मैदानमा नै प्रवेश गरेका थिए। र खेललाई अघि बढ्न थिएनन्। त्यसपछि स्वास्थ्य प्रतिनिधि र अर्जेन्टिनाका खेलाडीहरुबीच सवालजवाफ भयो। दुबै देशका प्रशिक्षकहरु छलफल जुटेका थिए।

खेलाडीहरु पनि आ–आफ्नै किसिमको छलफलमा देखिए।
मैदानमा यो अवस्था विश्वले देखिरहेकामा अर्जे’न्टिनाका कप्तान लियोनल मेसी जानकार थिए।

अन्तिम समयमा खेल अवरु’द्ध भएपछि मेसी रिसाएजस्तो देखिन्थे। एक समूहमा रहेका उनले विभिन्न प्रश्नहरु गरिरहेका थिए। ‘हामी तीनदेखि यहाँ छौं,’ सामूहिक छलफलमा मेसी झो’क्किए।

उनीहरु (स्वास्थ्य प्रतिनिधि) हरु खेल शुरु होस् भनेर पर्खिरहेका थिए ? खेल शुरु हुनुभन्दा अघि वा होटलमा रहँदा यसबारे किन चेतावनी दिइएन ?’ मेसीले प्रश्न गरे।

‘उनीहरुले यसबारेमा पहिल्यै व्याख्या गर्नुपर्थ्यो। यो समाधान भइसक्थ्यो। अहिले विश्व नै हेरिरहेको छ,’ उनले भने। इंग्लिस प्रिमियर लिगका खेलाडीहरु अ_र्जेन्टिनाको टोलीमा परेपछि ब्राजिलियन स्वास्थ्य प्रतिनिधिले खेललाई अवरु’द्ध गराएका थिए।

बेलायतबाट ब्राजिल जाने व्यक्तिले खनिवार्य क्वारेन्टा’इनमा बस्नुपर्ने नियम छ। तर अर्जेन्टिनी खेलाडी इमिलियनो मार्टिनेज, क्रि’स्टियन रोमेरो, जिओ लो सेल्सो र इमिलियनो बुन्डिया टोलीमा सहभागी भएका थिए।

२०७८ भाद्र २५, शुक्रबार ०५:४० गते 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।