
काठमाडौ : यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा लगाएको कालो टोपी अनि पोशक ।
सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो । त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको ।
यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ? हेर्नुहोस् अन्तरंग कुराकानी भिडियो मार्फत्…
भिडियो हेर्नुहोस् ।
कक्षा १० को एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि ;
भक्तपुर : विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म
परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।
यसअघि गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ । बोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढाइने भएको छ ।
कतिपय जिल्लाले परीक्षा केन्द्र निर्धारण गरिसकेको र कतिपय जिल्लामा जारी रहेको बताइएको छ । कोभिड–१९ का कारण पठनपाठन नभएपछि यस वर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो । विगतका वर्षमा परीक्षा चैतमा हुँदै आएको थियो ।बोर्डले कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।