२०७९ आश्विन ११ मंगलवार

प्रेम सुवाल भन्नुहुन्छ : एमसीसी पास गर्ने नेताहरु चाडै देश छाडेर भाग्नु पर्ने हुन्छ ।

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी पारित गर्ने नेताहरु अफगानिस्ताको राष्ट्रपतिले जस्तै देश छाडेर भाग्नु पर्ने दिन चाडै आउँने बताएका छन ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि विष सरह हुने टिप्पणी गरेका छन् । विश्वलाई नै दुःख दिने नियतका साथ आएको एमसीसी

सम्झौताबारे दु’विधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई उनले आग्रह गरे । नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्य’वादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो ।

यो यथा’र्थता नेपाली जनताले पनि बुझिसकेका छन् ।
यो विषयमा संघीय संसदका सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन ।

बुढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ रु एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन् । हामी उनीहरुका कुरामा फस्नु हुन्न ।’

उनले राष्ट्रघाती एमसीसी सम्झौताको विरो’धमा प्रर्दशन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलो’चना गरे । -यो समाचार दैनिक न्युज नेपालमा प्रकाशित छ ।

२०७८ भाद्र २५, शुक्रबार २०:३६ गते 1 Minute 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।