२०७९ आश्विन २० बिहीबार

अर्बपति विनोद चौधरी कांग्रेसको उपसभापतिमा उठ्ने !

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् । विनोद चौधरीले पनि यसपटक पदाधिकारीमा आउने तयारी गरेका छन् ।

उनले उपसभापतिमा उम्मेद्धवारी दिने तयारी थालेका छन् ।
देशभरिका जिल्ला सभापतिहरुको मागबमोजिम उनी उपसभापतिमा उठ्ने तयारीमा जुटेका हुन् । तर, उनी कुनै गुटमा भने नलाग्ने भएका छन् ।

बरु, कुनै गुटमा नलागेकाहरुको साझा समूह बनाउने तयारीमा लागेका छन् । चौधरी कांग्रेसमा साझा व्यक्तिको रुपमा परिचित छन् । उनलाई उपसभापतिमा ल्याउनको लागि सभापति

शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलापनि सकारात्मक छन् ।
पछिल्लो समय कांग्रेसमा विनोद चौधरीले नीति निर्माणको तहमा रहेर काम गर्दै आएका छन् । उनको नेतृत्वमा गरिखाने अभियानसमेत सञ्चालित छ ।

२०७८ भाद्र २५, शुक्रबार २०:४५ गते 0 Minutes 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।