२०७९ आश्विन ११ मंगलवार

भारतीय बजारमा नेपाली बिजुली प्रतिस्पर्धी बनाउन कुलमान घिसिङको प्रस्ताव !

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुनमान घिसिङ नेतृत्वको टोली भारत भ्रमणमा रहेको छ। नेपालमा खपत भएर बचेको बिजुलीको बजार विस्तारका लागि प्राधिकरणको टोली भारत प्रस्थान गरेको हो।

घिसिङ नेतृ त्वको प्राधिकरण टोलीले भारतका उर्जासँग सम्बन्धित निकायहरुसँग छलफल गर्न गर्ने बताइएको छ ।
प्राधिकरणले माथिल्लो तामाकोशी जल विद्युत परियोजनाले पूर्णक्षमता ४६५ मेगा वाटमा व्यावसायिक उत्पादन शुरु

गरेपछि बिजुली खेर जाने अवस्था आउने भएकाले त्यसको सदुपयोग गर्नका लागि भारतीय बजार रोजेको हो । प्राधिकरणको टोलीले भारतको विद्युत् मन्त्रालय तथा केन्द्रीय विद्युत प्राधिकरणका अधिकारीहरुसँग पनि भेट गरिसकेको छ । उक्त मन्त्रालय र प्राधिकरणका अधिकारीहरुले नेपालको प्रस्तावलाई सकारात्मक लिएको बताइएको छ ।

त्यसको साथै उक्त टोलीले बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पनि विद्युत व्यापार गरिरहेका एनभीभीएन विद्युत व्यापार कम्पनीसँग पनि छलफल गरेको छ ।

भेटका क्रममा भारतसँग नेपालको विजुली बंगलादेशमा पनि खपत गर्नेबारे कुराकानी भएको प्राधिकरणले जनाएको छ । छलफलमा कार्यकारी निर्देशक घिसिङले नेपालको बिजुली भारतको बजारमा लागेर प्रतिस्पर्धाका लागि बाट

खुलालउन अनुमति मागका छन् । माथिल्लो तामाकोशीको आएपछि नेपालमा तत्काल सबै विद्युत खपत नेपालभित्रै गर्न नसकिने अवस्था आएपछि अन्तर्राष्ट्रिय बजार खोज्नु परेको प्राधिकरणको भनाइ छ ।

२०७८ भाद्र २६, शनिबार १६:४७ गते 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।