२०७९ आश्विन १२ बुधबार

काेरियामा ब्रेन ट्यु’मरकाे अप्रे’सनमा दुवै आँखाकाे दृष्टि गु’माएका अमृतकाे लागि सहयोग सुरु !

बासुदेव भट्ट : ब्रे’न ट्यु’मर को उपचार गर्दा गर्दै दुबै आखाको ज्योति गु’माएका अमृत बस्नेतको लागि सहयोग अभियान सुरु भएको छ ।राप्ती समाज दक्षिण काेरियाले अमृतकाे उपचारकाे लागि ओैप’चारिक रुपमा सहयोग अभियान सुरु गरेको हाे ।

बिगत लामो समय देखी बायाँ आँखा सामान्य धमिलो भैइ चेक जाच गर्दा गर्दै ब्रे’न ट्यु’मर को समस्या पनि देखा पर्न गएको र ब्रे’न ट्यु’मर को उपचारको क्रममै हाल दुबै आँखाको ज्योती गु’माउनु भएका रुकुम पश्चिम गाेतमकाेट घर भएका अमृतकाे लागि आर्थिक सहयोग अभियान सुरु गरेको

राप्ती समाज दक्षिण काेरियाका अध्यक्ष ओमलाल ओलीले फेसबुक मार्फत जानकारी गराएका छन्। घरायसी समस्या समाधान गर्न आर्थिक अबस्था मजबुत बनाउछु भनी कोरिया प्रवेश गर्नुभएका , हाल आफै आर्थिक सहयोग माग्ने अबस्थामा हुनुहुन्छ, बिगत लामो समय उप’चार गराइरहदा पनि अझै थप ६ महिना बस्नुपर्ने सुझाब डाक्टरको भएतापनी

कोठामा एक्लै बस्दा झन डिप्रे’शन हुने समस्या देखि साहुले नेपाल पठाउने निधो गरेको र नेपालमा उप’चारको लागि आर्थिक अबस्था कम’जोर भएको हुदा , सहयोगी मनहरुमा सहयोगको लागि सबैलाई अनुरोध गरिएको अध्यक्ष ओलीले बताए ।

याे अभियान दक्षिण काेरियामा बसाेबास गर्ने नेपाली समुदाय तथा विभिन्न संघसंस्थालाई लक्षित गरि सुरु गरिएको हाे ।अमृतकाे समस्याकाे विषयमा शनिबार मात्रै हाम्रा खबरले सामाग्री प्रकाशित गरेको थियोे ।

काेरियाकाे ख्याङगिदाे प्रान्त हेसाङ सि फारान नजिकै आजु स्टिल कम्पनीमा कार्यरत छन्।सुवनकाे थ्याह्क्याे फ्या’ङजुन अस्पतालमा उपचा’र गर्दै आएका अमृतलाई कम्पनीले अहिले फलाेअप लागि अस्पताल समेत लिन छाडेको छ ।स्रोतका अनुसार कम्पनीले हाल सम्म नेपाली २० लाख उपचारमा खर्च भएको भन्दै वास्ता गर्न छाडेको अ’मृतका साथीहरूले बताएका छन् ।

भाषा परिक्षा पास गरेर ठिक तीन वर्ष अगाडि दक्षिण काेरिया पुगेका अमृत स्वास्थ समस्या सँगै हाल बेखर्ची समेत भएका छन् ।पाँच महिना देखि काम समेत नगरेका अमृत अहिले कम्पनीको आवासमा आश्रय लिएका छन् ।आर्थिक अभावका कारणले उनलेे थप उप’चार गर्न पाएका छैनन्।-हाम्रो खबर

सहयोगको लागि:-
A/C:- 3120180265211
NAME:- PAUDEL BAYU
BANK:- NH BANK
CODE NO:- 011
CONTACT:-01026305311

२०७८ भाद्र २८, सोमबार १५:१० गते 1 Minute 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।