२०७९ आश्विन ११ मंगलवार

दोस्रो खेलमा शतक बनाउन चुकेपछि यस्तो भन्छन् रोहित !

काठमाडौं : पीएनजीज विरु’द्धको दोस्रो खेलमा पनि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।
सस्तैमा दुई विकेट गुमाएको नेपालको पारी रोहित र कप्तान ज्ञानेन्द्र मल्ले सम्हाले ।

यो जोडीबीच तेस्रो विकेटका लागि ८९ रनको साझेदारी बन्यो ।
रोहितले नेपाललाई फराकिलो जित दिलाउन अहम् पारी खेले । उनले १२३ बलमा तीन छक्का र दुई चौकासहित ८६ रन बनाए । अघिल्लो खेलमा रोहितले सर्वाधिक ४१ रन बनाएका थिए ।

दोस्रो खेलमा पनि उत्कृष्ट ब्याटिङ गरेपछि रोहितले प्रतिक्रिया दिएका छन् । मैले टिममा मौका नपाउँदा पनि अभ्यास गर्न छाडेको थिएन । टिममा परेपछि खेल्ने मौका पाए । र, पीएनजीवि’रुद्ध राम्रो गर्न सके,’ उनले भने, ‘बीचमा टिममा अटाउन सकेन । नराम्रो महसुस भएको थियो ।

टिम घोषणा हुँदा आफ्नो नाम समावेश नभएको देख्दा केही दिन दिन नराम्रो लाग्थ्यो । तर, अभ्यास गर्न छाडिन ।’
रोहितले पीएनजीसँगको दुवै खेलमा राम्रो प्रदर्शन गरेकाले आत्मविश्वास पनि बढेको बताए । दोस्रो खेलमा उनलाई शतक बनाउने पनि मौका थियो ।

शतक नजिक पुगेपछि कस्तो महसुस भयो? रोहितले जवाफ दिए, ‘शत’क बनाउन चुक्दा नराम्रो त लागेको थिए । तर, टिमले जित्यो त्यो नै ठूलो कुरा हो । मैले शर्ट छनोटमा अलि ख्याल दिइन । साय त्यो श’र्ट नखेलेको भए शतक पनि बनाउन सक्थे होला ।’

सन्दीप के भन्छन्?

पीएनजीजसँगको दोस्रो म्याच जिताउन पनि सन्दीपको भूमिका महत्वपूर्ण रह्यो । उनले ५.१ ओभरमा ११ रन दिएर ६ विकेट लिए । एकदिवसीय क्रिकेटमा यो सन्दीपको करियरकै उच्च बलिङ प्रदर्शन हो । यसअघि यो प्रारूपमा उनको उत्कृष्ट बलिङ १६ रन दिएर ६ विकेट लिनु थियो ।

पीएनजीसँगको दोस्रो खेलमा नेपाल १५१ रनले विजयी भयो । गएराति भएको खेलमा नेपालले पीएनजीमाथि कीर्तिमानी जित हासिल गरेको हो । हालसम्म नेपालले एकदिवसीय क्रिकेटमा कुनै पनि टिमविरु’द्ध यति फराकिलो रन अन्तरले जित हात पारेको थिएन । पीएनजीलाई फराकिलो रनअन्तरले हराएपछि सन्दीपले प्रतिक्रिया दिएका छन् ।

‘पीच ब्याटिङ अनुकूल नै थियो । बलिङमा सुरूदेखि नै सोमपाल र विक्रम दाईले ब्याट्स’म्यानलाई दबाबमा राखे,’ उनले भने, ‘ड्यू फ्या’क्टर नुहँदा स्पिनरलाई पनि बलिङ गर्न सहज भयो ।’ सन्दीपले पीएनजीसँगको दुई म्याचमा गरेको उत्कृष्ट प्रदर्शनले ओमान र अमेरिकासँगको त्रि’कोणात्मक सिरिजमा हौसला बढाएको पनि बताए ।

‘आउने खेलहरूका लागि पीएनजीसँगको दुई म्याचले ऊर्जा दिनेछ । रोहित र ज्ञानेन्द्र दाईबीच भएको साझेदारीले टिमलाई महत्वपूर्ण फाइदा मिल्यो,’ उनले भने, ‘अन्तिममा करण दाईले राम्रो फिनि’सिङ गर्नुभयो । नेपालले प्रतिस्प’र्धात्मक लक्ष्य दिएपछि हामीहरूलाई पनि बलिङ गर्न सहज भयो ।’
सन्दीपले पीए’नजीसँगको दुई खेलमा कूल १० विकेट लिए । उनले पहिलो खेलमा १० ओभरमा ३५ रन दिएर ४ विकेट लिएका थिए ।

कीर्तिमानी जितपछि के भन्छन् कप्तान मल्ल?

पीएनजीसँग की’र्तिमानी जित हासिल गरेपछि कप्तान मल्लले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले दोस्रो म्याचका गल्तीलाई सुधार गर्दै ओमान र अमेरिकासँगको त्रिको’णात्मक सिरिज खेल्ने बताए । कप्तान मल्लले रोहित, करण, सन्दीपको पनि खुलेरै प्रशं’सा गरे ।

‘पहिलो म्याच हामीले लामो समयपछि खेलेका थियौं । सो खेलमा पनि रोहितको इनिङ राम्रो थियो,’ उनले भने, ‘दोस्रो खेलमा पनि रोहितल उत्कृष्ट खेले । करणको फिनि’सिङ राम्रो थियो । समग्रमा अस्तिको भन्दा दोस्रो खेलमा सुधारत्मक प्रदर्शन ग¥र्‍यौँ । बलिङमा दोस्रो म्याचमा झन राम्रो भयो ।’
कप्तान मल्लले रोहित मिहिनेतकै कारण उत्कृष्ट कम’ब्याक गरेको बताए । ‘उनी मिहिनेती छन् ।

टिम बाहिर हुँदा पनि उनीसँग कुरा भइरहन्छ । बीचमा टिममा नहटाउँदा जो कसैलाई राम्रो लाग्दैन । उनको मिहिनेत चाहिँ कहिले पनि रोकिएन,’ उनले भने । ज्ञानेन्द्रले सन्दीप लामिछानेको पनि प्रशंसा गरे । ‘हामीले दुई वटा म्याचमा नयाँ बलले विकेट लियौं । सन्दीपले राम्रो स्थान पनि पायो । उनले योबीचमा धेरै विदेशी लिगहरू पनि गु’मायो । सन्दीपले लिग खेल्न नपाए पनि टिममा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उनले आफ्नो क्षमता देखाइरहेको छ ।’ -बझाङ न्युज बाट

२०७८ भाद्र २९, मंगलवार १०:४३ गते 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।