२०७९ आश्विन १५ शनिबार

बिष्णु माझीलाई खोज्दै प्रहरी माइती गाउँसम्म पुगेपछी…

काठमाडौ : यतिबेला चरी जेलैमा गीत लोकप्रीय छ । यो गीतका कारण गायिका विष्णु माझी खोजीमा परेकी छिन् । गीत जस्तै उनको जीवन मिल्दोजुल्दो भएको चर्चा चलेको छ ।माझी मिडियामा सायदै आउछिन् ।

उनी परिवारबाटै ब’न्धक बनाइएकी हुन् वा होइनन् ? त्यसको खोजी हुन थालेको छ । राष्ट्रिय मानवअ’धिकार आयोगले माझीको पछिल्लो अवस्थाको बारेमा अनु’सन्धान सुरु गरेको छ । आयोगको पत्रको आधारमा स्थानिय प्रहरी उनलाई खोज्न माइती गाउँसम्म पुगेको छ ।

स्याङ्जामा पुगेपनि उनको अवस्था पत्ता लागेन् ।उनको पछिल्लो अवस्था पत्ता लगाउन आयोगले स्याङ्जा प्रशासनलाई निर्देशन दिएअनुसार स्थानिय प्रहरीको टोली उनको मा’इतीघर पुगेको थियो । तर, घरमा कोही नभेटि’एको प्रहरीको भनाई छ ।अनौप’चारिकरुपमा बुझ्न जाँदा उनको माइतीमा कोही

नरहेको र बुवाआमा बितिसकेको हुनाले थप जानकारी पाउन नसकेको प्रह’रीले जनाएको छ । यसअघि पनि विष्णुमाझीको अवस्थाबारे २०७५ सालमा जिल्ला प्रशासन कार्यालयले चासो राखेको थियो ।

त्यत्तिबेला विष्णु श्रीमान सुन्दरमणी अधिकारी सहित पुस २ गते प्रशासन पुगेकी थिइन् । सोधपुछको क्रममा विष्णुले आफु’माथि श्रीमानले कुनै पनि ग’लत व्यवहार नभएको स्पष्ट पारेकी थिइन् । उनलाई श्रीमानले बन्ध’क बनाएर राखेको बाहिर चर्चा चलेको छ ।अहिले चर्चामा रहेको गीत चरी जेलैमा उनकै श्रीमान सुन्दरमणि अधिकारीको लेखन तथा संगित रहेको छ ।

२०७८ भाद्र २९, मंगलवार १३:०१ गते 1 Minute 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।