२०७९ आश्विन १० सोमबार

कतार प्रहरीको लागि आएको मागपत्र रद्ध !

काठमाडौं : कतारस्थित नेपाली दूतावासले कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्ध गरेको छ । कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिक काम गरिएको कोटामा अन्यत्रबाटै पदपूर्ति गरिएको जानकारी

दिएपछि कतार प्रहरी सेवाको मागपत्रबाट श्रमिक लिन नमिल्ने अवस्था आएको दूतावास स्रोतले जनाएको छ । कतारस्थित नेपाली दूतावासले २९ अगस्ट २०२१मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका

नाममा गरेको मागपत्र प्रमाणीकरणलाई रद्ध गरेको हो ।
सो म्यानपावरले कतार प्रहरीमा पठाउने नाममा चर्को सेवा शुल्क पनि असुलिरहेको थियो । २०७६ फागुनमा पनि १६९ जना नेपालीलाई कतार प्रहरीमा भर्ना गर्न लगिएको थियो ।

त्यसपछि थप ३ सय जना लैजान प्रक्रिया अघि बढाए पनि कानुनी उल्झनको कारण देखाउँदै वैदेशिक रोजगार विभागले रोकेको थियो । तर, श्रममन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै कतार प्रहरीमा हुने भर्ति नरोक्न निर्देशन दिएपछि पछिल्लो पटक छनोट र भर्तिको प्रक्रिया अघि बढेको थियो । -अन्लाईन खबर बाट लिइएको हो ।

२०७८ भाद्र ३१, बिहीबार १२:५७ गते 1 Minute 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।