२०७९ आश्विन १५ शनिबार

ढिलासुस्ती र सर्त विपरीत काम हुँदा कतारले नेपालबाट प्रहरी भर्ना लिन मानेन l

काठमाण्डौ : कतारले नेपालबाट लिने भनेको कतार प्रहरीको माग र’द्द गरेको छ । अहिलेलाई कतार प्रहरीमा नेपाली भर्ना नगर्ने कतारले प्रष्ट पारेको छ ।कतारले अघिल्लो वर्ष नै नेपालबाट प्रहरीको लागि माग भइ आएकोमा नेपाल सरकारले

तदारुकता नदेखाउँदा त्यो माग अन्तैबाट पूर्ति गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।कतारको आन्तरिक मन्त्रालयबाट नेपालको अल तकेत ओभरसिज कम्पनीमार्फत कतार प्रहरीको लागि दुई सय जना भर्ना लिने भनि दूतावासमा मागपत्र प्रमाणीकरणको लागि पेस गरेको थियो ।

दूतावासका अनुसार गएको २९ अगष्टमा त्यो मागपत्र प्रमाणीकरण गरि कतारको सम्बन्धित मन्त्रालयमा पठाइएको थियो । तर सेप्टेम्बर १४ मा कतारको आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेको दूतावासले जनाएको छ ।ढिलासु’स्ती र

सर्तविपरीत भर्ना थाल्दा माग रद्द-कतारले अघिल्लो वर्षको मंसिरबाटै नेपालीलाई कतारी प्रहरीमा भर्ना लिने भनेको थियो । तर नेपाल सरकार र म्यानपावरबीच कुरा नमिल्दा प्रक्रिया अगाडि बढेको थिएन ।कतारमा रहेको नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणको लागि नेपालको श्रम मन्त्रालयमा पठाए पनि

यहाँको आन्तरिक ढिलासुस्तीका कारण मागपत्र प्रमाणीकरण हुन सकेन ।तर अल तकेत ओभरसिजले भने मागपत्र पमाणीकरण नभइ गएको मंसिरमा अन्तर्वार्ता लिएको थियो । जसको लागि कतारबाटै अन्तर्वार्ता लिने टोलीसमेत आएको थियो ।मागपत्र प्रमाणीकरण नभएरै अन्तार्वार्ता लिएको भनेर वैदेशिक रोजगार विभागले पनि हस्तक्षेप गरेको थियो ।

यस्तै कतार सरकारले कतार प्रहरीको छनौटको लागि कुनै शुल्क नलिने भन्ने सर्त राखेको थियो ।सर्त विपरीत तकेत ओभरसिजले ठूलो रकम असुल गरेको थियो । यो विषय सञ्चारमाध्यममा आएपछि कतार सरकार पनि सतर्क बनेको थियो । ओभरसिजले प्रतिव्यक्ति ७ देखि १० लाख रुपैयाँसम्म रकम उठाएको बाहिर आएको थियो ।

यसरी आफ्नो सर्तको पनि पालना नगरेको र ढिलासुस्ती गरेका कारण कतार सरकारले प्रहरी भर्नाबाट हात झिकेको कतारमा रहेको नेपाली दूतावासको भनाइ छ ।अब कतार सरकारले प्रहरी भर्ना नलिने भएपछि कतार प्रहरीमा जान तयार रहेकाहरु आफ्नो त्यति रकम के हुने भन्नेबारे चिन्तित छन् । कतार जान म्यानपावरलाई बुझाएको रकम सम्बन्धित व्यक्तिले पाउनुपर्ने दूतावासको भनाइ छ ।

२०७८ आश्विन १, शुक्रबार ०९:४० गते 1 Minute 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।