२०७९ आश्विन १५ शनिबार

विदेशबाट फर्किने नेपालीलाई पुन: पीसीआर गर्नैपर्ने बाध्यता ! तीन दिन होटल क्‍वारे’न्‍टिन बसेको १० हजार रुपैयाँ !

काठमाडौँ : नेपालमा पछिल्‍लो समय निषेधाज्ञा खुलुलो भएसँगै विभिन्‍न मुलुकबाट नेपालीहरू स्वदेश फर्किने क्रम बढेको छ । अझै चाडवाडसमेत नजिकिँदै जाँदा स्वदेश फर्किने नेपालीको संख्‍या बढ्न थालेको छ ।

तर, महामा’रीको समयमा स्‍वदेश फर्किएका नेपाली दोहोरो व्ययभारको मारमा पर्ने गरेका छन् । विदेशबाट फर्किएका नेपालीले सरकारले तोकेको होटल क्‍वारे’न्टिनमा बस्‍नुपर्छ। होटल क्‍वा’रे’न्टिन बस्‍नुपर्ने बाध्यकारी नीतिले विदेशबाट आउने नेपालीलाई आर्थिक व्ययभार बढ्न थालेको छ ।

उनीहरूले को’भिड नेगे’टिभ रिपोर्ट लिएर आए पनि अनिवार्य होटेल क्वारे’न्‍टिन बस्‍नुपर्ने नियमले खर्च बढाएको हो। त्यसैमाथि विदेशमा को’भिड प’रीक्षण गरेको भए पनि स्वदेश आइसकेपछि फेरि को’भिड खर्च गर्नुपर्ने बा’ध्यताले उनीहरूलाई छ । होटल क्वारे’न्‍टिनमा बस्‍नेले पीसी’आर परीक्ष’ण शुल्कसमेत छुट्टै तिर्ने गरेका छन् ।

यसले आर्थिक व्ययभार बढेको बताउन उनीहरू गुनासो गर्छन् ।
सरकारले विदेशबाट आएकालाई क्‍वारे’न्‍टिनमा बस्‍नुपर्ने नियम बनाए पनि परीक्षणका लागि बाहिर जानुपर्ने बाध्य’ता छ । सरकारी प्रयोगशालामा पी’सीआर परीक्षणको शुल्क १

हजार रुपैयाँ भए पनि होटलले पीसी’आर परी’क्षण गर्न ५ हजार रुपैयाँ लिने गरेका छन् । सरकारले क्वारेन्‍टि’नका लागि होटल सूचीकृत गरे पनि को’भिड परीक्षणका लागि व्यवस्था नगर्दा उनीहरूले सास्ती भोगिरहेका छन् । विदेशबाट को’भिड नेगेटि’भ रि’पोर्ट बोकी नेपाल आउने उनीहरूले क्‍वारे’न्टिन बस्‍नुपर्ने झन्झट हटाउन माग गरेका छन् ।

तीन दिन क्‍वा’रेन्‍टिन बसेको १० हजार रुपैयाँ ।

जापानबाट केही दिनअघि फर्किएका ललितपुरका पूर्णबहादुरले जापानमा को’भिड पी’सीआर परीक्षण गरेर आएका थिए । आफ्नो सम्पूर्ण कागजपत्र देखाएपछि उनले को’भिड सुरक्षाको मापद’ण्ड अपनाउनुपर्ने फारम भरे । ‘को’भिडवि’रुद्धको खोप लगाएकाले सहजै बाहिर जान पाए,’ राईले भने,’ आफूले खोप नलगाएकाले पीसी’आर रि’पोर्ट नेगेटिभ भए पनि प्रहरीले होटलमा क्वारे’न्‍टिनमा पठायो ।’

तीन दिनमा उनले १० हजार रुपैयाँ तिरे । होटल गौरीमा उनी क्वारे’न्‍टिनमा बसेका हुन्। राईले १० हजार रुपैयाँ तिरेर तीन दिन क्वारे’न्‍टिनमामा बसे पनि पी’सीआर परी’क्षणको छुट्टै शुल्क तिर्न बाध्‍’य पारियो । क्वारे’न्‍टिनको नाममा बढी खर्च व्यहोर्नु परेको उनको भनाइ छ ।

विमानस्थलअगाडि रहेको होटल गौरीले क्वारे’न्‍टिनको मा’पदण्ड’समेत उल्लघंन गरेकाले सीसीएमसीले कार’बाही गरिसकेको छ । क्वा’रेन्‍टिन अवधिभर विदेशबाट आएका मानिसलाई नराखेको तथा स्थानीय तहको निग’रानीमा क्वा’रेन्‍टिन बस्छु भनी जान दिएकाले होटल गौरीलाई कार’बाही समेत गरिसकेको छ ।

तर, कार’बाहीमा परेको होटलसमेत बुकिङ भइरहेको छ ।
‘क्वारे’न्‍टिनमा बस्दा खर्च हुने हुँदा भारतबाट स्वदेश फर्कन मान्दैनन्’ दक्षिण एशियाली मुलुकमा सबैभन्दा बढी को’भिड संक्र’मितको संख्या रहेको मुलुक हो भारत। भारतका लागि नेपाल एयर लायन्सको दैनिक एक उडान र एयर इन्डि’याको सातामा तीन वटा उडान हुने गरेको छ ।

नेपालबाट जाने र भारतबाट आएका नेपालीलाई समेत क्वा’रेन्‍टिनमा बस्‍नुपर्ने बा’ध्यता छ । को’भिड सुर’क्षाको माप’दण्ड अपनाउनुपर्ने बा’ध्यताले नेपालीहरूको व्ययभार बढ्ने भारतमा बसिरहेकी सञ्‍चारकर्मी आशा थपलियाले बताइन् । भारतमा रहेका नेपालीहरू स्वदेश फर्कदा क्वा’रेन्‍टिन बस्दा खर्च हुने त्रासले फर्कन नचाहेको उनले दाबी गरिन् ।

नेपालमा निषेधा’ज्ञा खुकुलो भइसकेकाले को’भिडको रि’पोर्ट नेगे’टिभ देखाएर सहजै होम क्वारे’न्‍टिन बस्‍न दिनुपर्ने थपलियाको भनाइ छ । ‘मानिसको आवतजावत बढिसकेको छ । सबैतिर खुला भइसकेको छ,’ थपलियाले भनिन्,’ पी’सीआर रि’पोर्ट ने’गेटिभ देखाएपछि सहजै घर जान पाउनुपर्छ ।’ भारतमा रहेका नेपाली विद्यार्थीहरूले रिपो’र्ट नेगे’टिभ देखाए पनि क्वा’रेन्‍टिन बस्दा बढी खर्च तिर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

२०७८ आश्विन १, शुक्रबार ११:१४ गते 1 Minute 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।