२०७९ आश्विन १२ बुधबार

आज चीनबाट नेपाल वायुसेवा निगमको विमानले थप ४४ लाख खोप ल्याउदै ।

काठमाडौं : सरकारले खरीद गरेको को’भिड १९ वि’रुद्धको भेरो’सेल खोप काठमाडौं आउँदैछ । स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए ।

खोप ल्याउन वरिष्ठ क्याप्टे’न विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।
खोप आएलगत्तै तुरुन्तै लाउन सुरु गरिने डाक्टर दाहालले बताए । ‘हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले न्युज कारखानासँग भने ।

हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ ।-न्युज कारखाना

थप समाचार,
मलेशिया सरकारले गर्यो विदेशी श्रमिकको लेभी सम्बन्धमा यस्तो घोषणा ।

काठमाडौँ : मलेसिया सरकारले विदेशी श्रमिकको लेभी सम्वन्धमा नयाँ घोषणा गरेको छ । आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको हो ।

को’भिड १९ का कारण रोजगारदातालाई परेको समस्याका कारण लेभी सम्वन्धि नयाँ व्यवस्था लागु गर्न ६ महिनाको समय पछि सारिएको मलेशियाका गृहमन्त्री हम’जाह जै’नुद्दिनले यसको जानकारी दिए । यसैगरी विभिन्न चरणमा लगाउने तयारी गरिएको लेभी सम्वन्धि व्यवस्थामा पनि परिवर्तन गर्ने तयारी रहेको मलेशियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ ।

मलेशियाले विदेशी श्रमिकको संख्यालाई कम गर्दै मलेशियन नागरिकलाई नै आन्तरिक रोजगारीमा संलग्न गराउने उद्देश्यले लेभी सम्वन्धि नीतिलार्ई क’डा बनाउने तयारी गरेको छ । श्रमिकले लेभी ति’र्नु नपर्ने व्यवस्था गरेको सरकारले रोजगारदाताले भनें चर्को लेभी ति’र्नुपर्ने व्यवस्था गर्न खोजेको छ ।

२०७८ आश्विन १, शुक्रबार ११:२१ गते 1 Minute 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।