२०७९ आश्विन १२ बुधबार

एमसीसीबारे करिश्माको प्रश्न- घरमा हात्ती भित्र्याएर मान्छे बाहिर बस्नुप’र्‍यो भने ठिक होला?

काठमाडौं : अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पो’रेसन (एमसीसी) सम्झौताको बारेमा अहिले देशभर बहस चलेको छ ।

बहसमा राजनीतिक दल, सत्तारुढ दलदेखि सर्वसाधरण एमसीसीको पक्ष र विपक्षमा उभिएका छन् भने विभिन्न समूहरुले पनि यसको वि’रोधमा आ’न्दोलन गरिरहेका छन् ।

पछिल्लो समय देशकै गौरबका बिषयमा जोडिएको एमसीसी सम्झौताबारे नेपाली कलाकारहरुले समेत टिप्पणी गर्न थालेका छन्। यसै|क्रममा अभिनेत्री करिश्मा मानन्धरले पनि एमसीसीबारे आफ्नो धारण सार्वजनिक गरेकी छिन्।

अभिनेत्री करिश्माले सरकारले एमसीसीको बारेमा जनतालाई बुझाउन सक्नु पर्ने भन्दै देशमा कलह उत्पन्न हुने कुनै सम्झौता गर्न नहुने बताएकी छिन्।

‘घरमा हात्ती ल्याएर घरका मान्छे बाहिर बस्नुप¥र्‍यो भने हात्ती ल्याउनु ठिक होला ? घर भित्र कलह हुने तत्व भि’त्र्याउनु ठिक होला ?’ उनले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेकी छिन्।

२०७८ आश्विन १, शुक्रबार १६:५४ गते 1 Minute 368 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।