२०७९ आश्विन २० बिहीबार

बधाई ! नेपाली चेलीले जापानमा सात महिनामै ज’न्माईन एकैपटक तीन सन्तान !

जापान : ‘छोरा भाग्यले हुन्छ भने छोरी सौभाग्यले हुन्छ । छोरा र छोरी दुबै दिन सफल भएकोमा बधाई सहित स्वा’स्थ्यलाभको कामना ।’ यि शब्दहरु हुन् बालकृष्ण खनालका । जो एकैपटक तीन सन्तानका पिता बनेका छन् ।

त्यो पनि दुई छोरा र एक छोरीको ।संभवत जापानमा पहिलो पटक नेपाली महिलाबाट ७ महिना पनि नपुगेको ग’र्भबाट दुई छोरा र एक छोरीलाई जन्मदिनुभएको हो बर्षा बासकोटा खनालले ।स्वास्थ्यमा समस्या आउनसक्ने देखेपछि चिकित्सहरुको सल्लाहमा दुई साता

अस्पताल भर्ना पश्चात ६ महिना २८ दिनको ग’र्भबाट बर्षाले तीन सन्तानलाई जन्मदिनुभएको हो ।मात्र २३ बर्षिय बर्षाले पहिलो ग’र्भमानै तीन सन्तानको जन्म दिएपछि उहाँको श्रीमान बालकृष्णले खुशी व्यक्त गर्नुभयो ।बर्षाको नेपाल घर बेलवारी मोरगं जिल्ला माईती र घर कोशि हरैचा नगरपालिका ३ गछिया हो ।

सेप्टेम्बर १४ तारिख बिहान ६ बजेको समयमा पहिलो सन्तानको रुपमा दुई छोरा र एक छोरीलाई श्रीमती बर्षाले जन्मदिएको खनालले जानकारी दिनुभयो ।क्यो’रिन् विश्वविद्यालय अस्पताल मिताकामा बर्षाले बच्चालाई जन्मदिनुभएको हो । खनाल परिवार राजधानी टोकियोको को’कुबु’न्जि बसोबास गर्दै आउनुभएको छ ।

विद्यार्थी भिषामा आएर हाल व्यवसाय गर्दै आउनुभएका खनालका तीन सन्तान मध्ये छोराहरु एक १४ सय ग्राम र अर्का १३ सय ७५ ग्रामको हुनुहुन्छ । त्यसैगरि छोरी ९८५ ग्राम तौलको हुनुहुन्छ ।तौल कम भएपनि बच्चाहरु र आमाको स्वास्थ्य सामान्य रहेको चिकित्सहरुले बताएको बालकृष्ण खनालले जानकारी दिनुभयो ।

२०७८ आश्विन १, शुक्रबार १९:०३ गते 1 Minute 442 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।