२०७९ आश्विन १२ बुधबार

युएई भिषा अपडेट : नेपालीलाई युएई प्रवेशमा थप सहज – यी हुन आवश्यक कागजपत्र !

संयुक्त अरब ईमिरेट्स (युएई) ले युएई छोडेको ६ महिना कटेकाहरुलाई पुन: युएई प्रवेश सहज बनाएको छ । तर त्यसरी जानेहरुले को’भिड १९ वि’रुद्दको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ भनें भिसाको म्याद कायम हुनुपर्नेछ ।

त्यस्ता व्यक्तिहरुलाई आज (सेप्टेम्वर १२) देखि प्रवेश सहज बनाउने जानकारी युएईको सम्वन्धित सरकारी निकायले दिएको छ । ईमिरेट्स न्यूज एजेन्सी (वाम) का अनुसार भिसाको म्याद बाँकी रहेका, खोपको मात्रा पूर्ण लगाएकाहरुलाई युएई छोडेको ६ महिना कटेको भएपनि प्रवेश दिईने भएको हो ।

यस अगाडी गत अगष्ट ५ देखि को’भिड १९ वि’रुद्दको खोपको पूर्ण मात्रा लगाएकाहरुलाई युएई प्रवेशमा सहज बनाइएको भएपनि युएई छोडेको ६ महिना कटिसकेकाहरुका सम्वन्धमा भनें के गर्ने भन्ने व्यवस्था थिएन ।

युएई छोडेपनि को’भिडका कारण फर्किन नपाएकाहरुलाई नयाँ व्यवस्थाले सहज हुनेछ । युएईका जिम्मेवार निकायहरु एनसिईएमए तथा आइसिएले गरेको निर्णय अन्तर्गत नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिविया, जिम्वावे लगायतका मुलुकबाट जानेहरुले प्रवेश अनुमति पाउनेछन् ।

एनसिईएमएले ट्वीटर मार्फत यसको जानकारी दिएको छ । यसरी युएई जानेहरुले विश्व स्वास्थ्य संगठनद्दारा मान्यता प्राप्त कुनै पनि खोपको पूर्ण मात्रा लगाएको भएमा तथा वैधानिक रुपमा भिसा अवधि कायम रहेमा प्रवेश अनुमति पाउने वामको समाचारमा जनाइएको छ ।

६ महिना भन्दा बढी समय युएई भन्दा बाहिर रहेपनि आवासिय अनुमतिको म्याद काम भएमा त्यस्ता व्यक्ति युएई प्रवेश गर्न पाउने छन् । युएई प्रवेश गर्न चाहनेहरुले आईसिए, युएईको वेभसाईट मार्फत आवेदन दिनुपर्नेछ । सो निकायबाट अनुमति लिएको हुनुपर्ने शर्त राखिएको छ ।

यसरी युएई जाने यात्रुले युएईको उडान अगाडी को’भिड १९ विरुद्दको खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । यसरी युएई जानेहरुले पछिल्लो ४८ घण्टाभित्र परी’क्षण गरिएको को’भिड नेगे’टीभ रिपोर्ट पनि साथमा हुनु पर्नेछ ।

त्यस्तो रिपोर्ट क्यूआर कोड सहितको हुनुपर्नेछ । सो रिपोर्ट उडान अगावै पेश गर्नुपर्दछ । यसरी युएई जानेहरुको र्या¥पिड पिसिआर टेष्ट उडान अगाडी गरिने, युएई पुगेको चौथो तथा आठौं दिनमा पनि पि’सिआर परीक्षण हुनेछ ।

२०७८ आश्विन २, शनिबार ०९:२८ गते 1 Minute 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।