२०७९ आश्विन १२ बुधबार

फ्रान्समा को’भिड खोप नलगाउने ३ हजार स्वास्थ्यकर्मी निलम्बनमा !

एजेन्सी : को’भिड खोप नलगाएको भन्दै फ्रान्स सरकारले ३ हजार स्वास्थ्यकर्मी निल’म्बन गरेको छ । सरकारले हालै ल्याएको नयाँ नियमअन्तर्गत उनीहरू निलम्बनमा परेका हुन् ।

सरकारले स्वास्थ्य, केयर होम र अग्नी सेवाका २७ लाख कर्मचारीलाई अनिवार्य खोप लगाउन निर्देशन दिएको छ ।
नयाँ नियम सबै चिकित्सक, नर्स, कार्यलयका कर्मचारी र स्वयंमसेवकमा लागू हुनेछ ।

सरकारको पछिल्लो निर्णयले स्वास्थ्य सेवामा नै असर पर्न सक्ने विज्ञहरुको भनाई छ । तर, स्वास्थ्यकर्मीमाथिको निलम्बन अस्थायी भएको फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर भेरानले बताएका छन् । ‘अधिकांशले खो’प लगाउन इच्छुक छन्,’ उनले भने ।

यसअघि राष्ट्रपति इम्यानुअल म्याक्रोले स्वास्थ्यकर्मी’लाई १५ सेप्टेम्बरसम्म कम्तिमा एउटा खोप लगाउन वा राजीनामा दिन निर्देशन दिएका थिए । राष्ट्रपतिको घोष’णापछि धेरैले खो’प लगाए पनि अझै केही बाँकी थिए ।

२०७८ आश्विन २, शनिबार १३:२६ गते 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।