२०७९ श्रावण २८ शनिबार

पाकिस्तानमा नेपाली चेलिहरुले मच्चाए तहल्का : सरुको ‘ट्रिपल’ र अनिताको ‘डबल’ ह्याट्रिक !

काठमाडौं : यस सिजनका लागि पाकिस्तानको नेशनल वुमन्स फुटबल च्याम्पियनसिप खेल्न पाकिस्तान पुगेकी नेपालकी चेलीहरुले पहिलो खेलमै धा’वा बोलेका छन् ।

पाकिस्तानको एक मात्र आधिकारिक महिला लिगका रुपमा रहेको प्रतियोगिताको समूह बी मा रहेको मासा युनाइटेडले सियालकोट सिटीमा’थि १९–० को जित निकाल्दा नेपालकी सरु लिम्बु एक्लैले १० गोल गरेकी छिन् ।

सरु बाहेक अनिता केसीले पनि दोहोरो ह्याट्रिकसहित ६ गोल गरिन् भने अर्को नेपाली खेलाडी गीता रानाको नाममा एक गोल रह्यो । त्यस्तै माशाका लागि थप दुई गोल भने जारा इकबल र समरोज समरिनाले गरेकी थिईन् ।

त्यस्तै मंगलबार नै भएको समूह बी तर्फको अर्को खेलमा कराची युनाइटेडले कराची वुमन एफसीलाई समान १९–० को फराकिलो अन्तरले ह’रायो । माशाले आफ्नो दो’स्रो आउँदो मंगलबार कराँची युनाइटेडसँगै खेल्नेछ ।

२०७७ फाल्गुन २७, बिहीबार ०५:४६ गते 1 Minute 779 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।