२०७९ आश्विन १० सोमबार

ईश्वर पोखरेल भन्नुहुन्छ : एमाले पार्टीमा युवाको आकर्षण ह्वात्तै बढ्यो, साढे तीन लाख सदस्य थपिए ।

काठमाडौं : नेकपा एमालेले पार्टी सदस्यता लिने संख्या ६ लाख हाराहारी पुगेको जनाएको छ । विधान महाधिवेशनमा पेश गर्न तयार संगठनात्मक प्रतिवेदन मस्यौदामा पार्टी सदस्यता लिने संख्या दो’ब्बरभन्दा धेरैले बढेको उल्लेख छ ।

प्रतिवेदनअनुसार २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनसम्म एमालेको पार्टी सदस्यता संख्या २ लाख ५६ हजार ७७२ थियो । तर अहिले बढेर ६ लाख हाराहारी पुगेको प्रतिवेदनमा उल्लेख छ । गत ५ पुसमा प्रतिनिधिसभा वि’घटन गर्ने अध्यक्ष केपी

शर्मा ओलीको निर्णयपछि एमालेमा युवाको आक’र्षण बढेको महासचिव ईश्वर पोखरेलले पेश गरेको प्रतिवेदनमा छ ।
‘२०७७ पुस ५ पछिको अवस्थामा पार्टीमा युवाहरुको आकर्षण बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस बीचका अनेक किसिमका राजनीतिक र संगठ’नात्मक उचारचढाव र

प्रतिकूलताका बीचमा नयाँ सदस्यता प्रदान गर्ने र सदस्यता नवीकरण गर्ने काम अघि बढाइएको छ ।’ गत ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले

अनुमोदन गरेको दश बुँदे सहमतिअनुसार भने पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारमा गर्ने भनिएको छ । तर संगठना’त्मक प्रतिवेदनले भने ५ पुस यता ठूलो संख्यामा सदस्यता लिने संख्या बढेको उल्लेख गरेको छ ।

तर थपिएका साढे तीन लाख सदस्यता अभिलेख भने तयार नभएको प्रतिवेदन म’स्यौदामा उल्लेख छ । ‘सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता प्रदान गर्ने, अरु समूहबाट आएकाहरुको नवीकरण वा नयाँ सदस्यता प्रदान गर्ने जस्ता कुरामा रहन गएको लामो समयको अलमलले सदस्यताको अभि’लेख पूर्ण रुपमा व्यवस्थित गर्न सकिएको छैन,’ पोखरेलले लेखेका छन् ।

मस्यौदा प्रतिवेदनले माओवादीसँग एकता गरेपछि अलमलमा परेको संगठन विस्तार विभाजन पनि तीव्र बनेको समेत उल्लेख छ । पार्टी विभाजनले केन्द्रीय कमिटीमा २० प्रतिशत र १० प्रतिशत जनप्रतिनिधि गु’माउनु परेको प्रतिवेदन मस्यौ’दामा उल्लेख छ । -दैनिक न्युज नेपाल

२०७८ आश्विन ६, बुधबार १०:०९ गते 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।