२०७९ आश्विन २० बिहीबार

उपेन्द्र यादव भन्नुहुन्छ : देउवाले दलसम्बन्धी अध्यादेश खारेज नगरेसम्म मन्त्रिपरिषद् विस्तार हुदैन ।

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनी’तिक दलसम्बन्धी अध्या’देश खारे’ज भएपछि मात्र मन्त्रिप’रिषद् विस्तार हुने बताएका छन् ।

संसद भवन बाहिर आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउने भएकोले त्यो निस्कृय भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने बनाउने भन्दै उनले सो अध्या’देश खा’रेज हुनुपर्ने बताएहा छन् । ‘सरकारले अब चाँडै पूर्णता पाउँछ । सरकारले पूर्णता पाउन मन्त्रालयको बाँड’फाँट हुनुपर्छ, त्यो अहिलेसम्म भएको छैन’ यादवले भने ।

थप समाचार,
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गर्नुभएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले सो प्रस्ताव राख्नुभएको र अन्य नेताहरु पनि सहमत बनेका कांग्रेस उच्च स्रोतले जनाएको छ ।

उच्च स्रोतका अनुसार डा. खड्काको नाममा सहमति भएपछि भोलि (बुधबार)नै उहाँलाई सपथ खुवाइने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसि’यतमा नेपालले मन्त्रीस्तरीय बैठकसमेत बोलाएकाले

परराष्ट्रमन्त्री चाँडो नियुक्त गर्नुपर्नेबारे बैठकमा छलफल भएको थियो । योबारे प्रधानमन्त्रीदेउवाले पार्टीमा भने छलफल गर्नुभएको छैन । यता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षले आफूहरुको सहमति बिना एकलौटीरुपमा मन्त्री नियुक्त गरिएमा नमान्ने बताएको छ ।

२०७८ आश्विन ६, बुधबार १०:१८ गते 1 Minute 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।